नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचार भएकाे छ: डा.स्वर्णिम वाग्ले

नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचार भएकाे छ: डा.स्वर्णिम वाग्ले : Icon Khabar

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताएका हुन् । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशले वित्तिय पारदर्शीतामा बाध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त शर्त, वित्त अनुशासन र पारदर्शीतामा नबाधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।

सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए । उनले वैदेशिक एजेन्सीहरूले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँमा निरपेक्ष रूपमा आर्थिक मितव्ययिताका लागि शर्त आवश्यक रहेको बताए ।

उनले प्रदेश सरकारलाई पञ्चवर्षीय योजना बनाउन कन्सल्टेन्ट बुद्धिजीवीहरूको आवश्यकता नभएको बताए । सांसद वाग्लेले सरकारले बनाउने नीतिमा लैंगिक, धार्मिक, जातीय अवस्थालाई समावेश गर्ने खालका नीति बनाउन सके संघीयता त्यसको एउटा अंश हुन सक्ने बताए ।

सांसद वाग्लेले खुद्रे खालका योजनामा पनि निर्मम भएर अगाडि बढ्ने बताए । उनले बुझेको, देखेको र भोगेको कुरालाई कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले अति अल्पविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने कुरामा धेरै हाउगुजी भइरहेको बताए ।

Published Date: 22 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर