नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचार भएकाे छ: डा.स्वर्णिम वाग्ले

नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचार भएकाे छ: डा.स्वर्णिम वाग्ले : Icon Khabar

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताएका हुन् । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशले वित्तिय पारदर्शीतामा बाध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त शर्त, वित्त अनुशासन र पारदर्शीतामा नबाधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।

सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए । उनले वैदेशिक एजेन्सीहरूले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँमा निरपेक्ष रूपमा आर्थिक मितव्ययिताका लागि शर्त आवश्यक रहेको बताए ।

उनले प्रदेश सरकारलाई पञ्चवर्षीय योजना बनाउन कन्सल्टेन्ट बुद्धिजीवीहरूको आवश्यकता नभएको बताए । सांसद वाग्लेले सरकारले बनाउने नीतिमा लैंगिक, धार्मिक, जातीय अवस्थालाई समावेश गर्ने खालका नीति बनाउन सके संघीयता त्यसको एउटा अंश हुन सक्ने बताए ।

सांसद वाग्लेले खुद्रे खालका योजनामा पनि निर्मम भएर अगाडि बढ्ने बताए । उनले बुझेको, देखेको र भोगेको कुरालाई कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले अति अल्पविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने कुरामा धेरै हाउगुजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 December 2023
Website | + posts