रवि लामिछानेको टिप्पणी : चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्छन्

रवि लामिछानेको टिप्पणी : चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्छन् : Icon Khabar

स्याङजा, पुस ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।

स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी मिसन ०८४ मा छौँ । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईहरूले नै योग्य मान्छेलाई छानेर पठाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफै हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्‍यौँ । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरूको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।

उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको सङ्कट आएको बताए । उनले भने, हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तिनीहरूको पाँच तारे होटेलमा ठूला व्यापारीलेझै विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन ।

उनले आफ्नो पार्टीमा राम्रो टिम भएकाले काम गर्न सक्ने विश्वास गरे । उनले भने, ‘तीनको वषौँदेखि कति तलब थाप्छन् मैले अहिले ८-९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन तीनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु । मैले तिनीहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु ।’ आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उनको भनाइ थियो ।

Published Date: 22 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी