प्रधानमन्त्री दाहाल र श्रीलङ्काका विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका विदेशमन्त्रीबीच भेटवार्ता : Icon Khabar
तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ ।
भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार राति प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता भएको हो ।

यसअघि बिहीबारै श्रीलङ्काका विदेशमन्त्री साब्रीले परराष्ट्रमन्त्री एनपी साउसँग भेट गरेका थिए । भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ ।

श्रीलङ्काका विदेशमन्त्री साब्री बुधबार चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 December 2023
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो