प्रधानमन्त्री दाहाल र श्रीलङ्काका विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका विदेशमन्त्रीबीच भेटवार्ता : Icon Khabar
तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ ।
भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार राति प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता भएको हो ।

यसअघि बिहीबारै श्रीलङ्काका विदेशमन्त्री साब्रीले परराष्ट्रमन्त्री एनपी साउसँग भेट गरेका थिए । भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ ।

श्रीलङ्काका विदेशमन्त्री साब्री बुधबार चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका हुन्।

Published Date: 22 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर