अर्जेन्टिनामा आएको शक्तिशाली आँधीले खेलकुद क्लबको छाना खस्दा १३ जनाको मृत्यु

अर्जेन्टिनामा आएको शक्तिशाली आँधीले खेलकुद क्लबको छाना खस्दा १३ जनाको मृत्यु : Icon Khabar

ब्युनस आयर्स, पुस १ । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो । “दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ”, नगरपालिकाले विज्ञप्तिमा भनेको छ । अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धारका लागि काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।

उक्त सहरमा एक सय ४० किलोमिटर ९८७ माइल प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्र गतिको हावा आएसँगै केही भागमा बिजुलीसमेत गएको थियो । – रासस/एएफपी

Published Date: 17 December 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय