बुक क्लब भक्तपुरद्वारा आयोजित लेखक विवेक ओझासँगको अन्तरसंवाद सम्पन्न

बुक क्लब भक्तपुरद्वारा आयोजित लेखक विवेक ओझासँगको अन्तरसंवाद सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २२ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसँग अन्तरसंवादको ९ औं शृंखला आज सम्पन्न भएको छ ।

आज भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा दिउँसो ३ बजे शुरु भएको सो कार्यक्रमामा मदन पुरस्कार २०७९ प्राप्त कृति ‘ऐँठन’ का लेखक विवेक ओझासँग अन्तरसंवाद भएको थियो। ओझाको उपन्यास ‘ऐँठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ।

कार्यक्रममा लेखक ओझाले साहित्य लेखनले पुरस्कार पाएसँगै झन् बढि पाठकहरुसँग सम्पर्क गर्ने अवसर प्राप्त भएको बताए। ‘ऐँठन’ समग्रमा विश्व शान्तिको कामनामा लेखिएको युद्व उपन्यास भएकोले बढि पाठकहरुले रुचाएको बताए।

कार्यक्रममा बुक क्लबका सचिव निकेसराजले लेखक ओझालाई मायाको चिनो प्रदान गरेका थिए।

Published Date: 08 December 2023










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड