नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने महत्वपूर्ण थलो बन्दैछ : झलनाथ खनाल

नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने महत्वपूर्ण थलो बन्दैछ : झलनाथ खनाल : Icon Khabar

काठमाडौँ, मंसिर २२ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल अहिले चीनविरुद्ध लड्न अमेरिकाको लागि महत्वपूर्ण थलो बनेको टिप्पणी गरेका छन् ।

जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भने पनि अमेरिकाले नसुनेको बताए । नेपालका शासकहरु अमेरिकको दबाबको साम झुक्दै गइरहेको पनि उनले बताए ।
‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेको छ । एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । सुरूमा एउटा सहमति थियो । अहिले फरक कुरा सुनिदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेका छन्’, उनले भने ।

उनले नेपालमा राजसंस्था फर्किन नसक्ने बताए । उनले भने, ‘यो पृथ्वीमा कुनै पनि चिजको जन्म हुन्छ र मृत्यु हुन्छ । त्यो जीव होस् कि सत्ता । त्यो एक पटक मरेपछि त्यसको पुनः जन्म हुँदैन । यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ । सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन । हामी पनि कोठामा मात्रै बोल्छौं । सडकमा हामी छैनौं । जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौं । अनि दुर्गा प्रसाईं नेता भइराख्छ ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले पनि काम गर्न नसकेको आरोप लगाए । देश आर्थिक रूपमा भयावह संकटबाट गइरहेको उल्लेख गर्दै कुनबेला के हुन्छ कसैलाई थाहा नभएको उनको बुझाइ छ ।

Published Date: 08 December 2023


ताजा
आजको मौसम:हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
इरानमाथि १०० पटक थप आक्रमण गर्न पनि पछि हट्दिनः ट्रम्प
सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली