नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने महत्वपूर्ण थलो बन्दैछ : झलनाथ खनाल

नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने महत्वपूर्ण थलो बन्दैछ : झलनाथ खनाल : Icon Khabar

काठमाडौँ, मंसिर २२ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल अहिले चीनविरुद्ध लड्न अमेरिकाको लागि महत्वपूर्ण थलो बनेको टिप्पणी गरेका छन् ।

जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भने पनि अमेरिकाले नसुनेको बताए । नेपालका शासकहरु अमेरिकको दबाबको साम झुक्दै गइरहेको पनि उनले बताए ।
‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेको छ । एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । सुरूमा एउटा सहमति थियो । अहिले फरक कुरा सुनिदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेका छन्’, उनले भने ।

उनले नेपालमा राजसंस्था फर्किन नसक्ने बताए । उनले भने, ‘यो पृथ्वीमा कुनै पनि चिजको जन्म हुन्छ र मृत्यु हुन्छ । त्यो जीव होस् कि सत्ता । त्यो एक पटक मरेपछि त्यसको पुनः जन्म हुँदैन । यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ । सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन । हामी पनि कोठामा मात्रै बोल्छौं । सडकमा हामी छैनौं । जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौं । अनि दुर्गा प्रसाईं नेता भइराख्छ ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले पनि काम गर्न नसकेको आरोप लगाए । देश आर्थिक रूपमा भयावह संकटबाट गइरहेको उल्लेख गर्दै कुनबेला के हुन्छ कसैलाई थाहा नभएको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 December 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने