एनसेल प्रकरणमा प्रधानमन्त्रीसँग राज्य व्यवस्था तथा तथा सुशासन समितिले सोधपूछ गर्ने

एनसेल प्रकरणमा प्रधानमन्त्रीसँग राज्य व्यवस्था तथा तथा सुशासन समितिले सोधपूछ गर्ने : Icon Khabar

काठमाडौँ, मंसिर २२ । एनसेलको शेयर बिक्री प्रकरणमा राज्य व्यवस्था तथा तथा सुशासन समितिले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ ।

समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रचण्डलाई बोलाउने भएको हो । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे प्रधानमन्त्रीबाट जानकारी लिने भएको छ ।

एनसेलको सेयर खरिद बिक्रीको विषय शंकास्पद रहेको भन्दै सांसदहरुले प्रधानमन्त्री बोलाउनुपर्ने बताएका थिए ।

बैठकमा कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए ।

Published Date: 08 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास