अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध : Icon Khabar

बेइजिङ, मंसिर २२ । अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गरेका छन्।

सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिहरूमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह गर्ने अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोको हालै सार्वजनिक टिप्पणी बारे सोधिएको पत्रकारहरूको प्रश्नको जवाफमा उनले सो टिप्पणी गरेका हुन्।

चीन–अमेरिका सम्बन्धका प्रतिस्पर्धात्मक पक्षहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न दुवै राष्ट्रप्रमुख सहमत भएको सन्दर्भ उल्लेख गर्दै उनले सान फ्रान्सिस्को शिखर सम्मेलनमा भएको सहमतिलाई कार्यान्वयन गर्न सम्बन्धित अमेरिकी पक्षले चीनसँग मिलेर काम गर्ने आशा पनि व्यक्त गरेका छन्।

अमेरिकी पक्षको नियन्त्रणका प्रतिबन्धात्मक उपायहरू राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण हो भनेर चीनले बारम्बार औंल्याएको छ । यस्ता प्रतिबन्धात्मक उपायहरूले बजारका सामान्य नियम एवम् अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई कमजोर पार्ने र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरतालाई समेत थप खतरामा पार्ने मन्त्रालयका प्रवक्ताको दाबी छ ।

यस्ता प्रतिबन्धात्मक उपायहरूले चीनको विकासलाई नरोक्ने तर अमेरिकी कम्पनीहरूले चिनियाँ बजार गुमाउन सक्ने खतरा रहेको उनले औंल्याएका छन्।

साथै चीनले यस किसमका प्रवृत्ति र प्रभावलाई नजिकबाट नियाल्ने र आफ्नो अधिकार संरक्षणका लागि भने दृढतापूर्वक उभिने प्रवक्ता हेको तर्क छ । रासस/सिन्ह्वा

Published Date: 08 December 2023


ताजा
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग
एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज मलेसियासँग भिड्दै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क