पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकमा कालोपत्रे धमाधम

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकमा कालोपत्रे धमाधम : Icon Khabar

तनहुँ, मंसिर १९ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो।

आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्की चोकसम्मको साढे चार किलोमिटर सडकको कालोपत्र मंगलबार सुरु भएको हो। पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवका अनुसार गाउँपालिकाचोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र कार्य अघि बढाएको हो।

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन किलोमिटर दूरीमा कालोपत्रे कार्य सम्पन्न गरिसकेको छ। १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको आयोजनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023
Website | + posts