पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकमा कालोपत्रे धमाधम

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकमा कालोपत्रे धमाधम : Icon Khabar

तनहुँ, मंसिर १९ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो।

आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्की चोकसम्मको साढे चार किलोमिटर सडकको कालोपत्र मंगलबार सुरु भएको हो। पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवका अनुसार गाउँपालिकाचोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र कार्य अघि बढाएको हो।

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन किलोमिटर दूरीमा कालोपत्रे कार्य सम्पन्न गरिसकेको छ। १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको आयोजनाले जनाएको छ।

Published Date: 05 December 2023


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड