मंगलबार नेप्से परिसूचक १०.१० अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १०.१० अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १९ । सेयर बजार सुस्त रहनेक्रम मंगलबार पनि जारी रहेको छ । यस दिन नेप्से परिसूचक १०.१० विन्दुले घटेर १८३७.७१ अंकमा आएर अडिएको छ ।

१ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । जीवन बिमाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज २४६ कम्पनीको ४६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड २९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023
Website | + posts




ताजा
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित