मंगलबार नेप्से परिसूचक १०.१० अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १०.१० अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १९ । सेयर बजार सुस्त रहनेक्रम मंगलबार पनि जारी रहेको छ । यस दिन नेप्से परिसूचक १०.१० विन्दुले घटेर १८३७.७१ अंकमा आएर अडिएको छ ।

१ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । जीवन बिमाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज २४६ कम्पनीको ४६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड २९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

Published Date: 05 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास