गायिका दीपा झाले गरिन चलचित्रकर्मी कल्याण कोषलाई रू ५ लाख सहयोग

गायिका दीपा झाले गरिन चलचित्रकर्मी कल्याण कोषलाई रू ५ लाख सहयोग : Icon Khabar

काठमाडौ, माघ ४। नेपालको चलचित्रकर्मी कल्याण कोषमा वरिष्ठ गायिका दीपानारायण झाले मंगलबार सहयोग गरेकी छिन। गायिका झा केहि दिन अघि पोखरामा हार्मोनी नेपालद्वारा आयोजित एक सांगीतिक कार्यक्रमका लागि नेपाल आइपुगेकी थिईन।

नेपाली चलचित्र क्षेत्रमा आबद्व चलचित्रकर्मीहरुको हितका लागि स्थापना गरिएको चलचित्रकर्मी कल्याण कोषका लागि वरिष्ठ गायक उदित नारायाण झा र दीपा झाको संयुक्त सहयोग भनि दीपा झाले रु ५ लाख १ सय ११ सहयोग हस्तान्तरण गरेकी हुन्।

सो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष्य भुवन केसी, कोषका संयोजक वसुन्धरा भुसालले उक्त सहयोग प्रति आभार ब्यक्त गर्दै गायक उदित नारायण झा अनि गायिका दीपा झाले नेपाली चलचित्र क्षेत्र अनि नेपाली गीत संगीतमा पुर्याएको योगदान अतुलनिय रहेको भनी प्रशंसा गरे। गायिका झाले नेपाली गीतमार्फत आफुले गायन जीवनमा पाएको उपलब्धि कहिले भुल्न नसक्ने कुरा ब्यक्त गरिन।

Published Date: 18 January 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय