अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक

अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक : Icon Khabar

काठमाडौं, मंसिर १७ । अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक भएको छ ।

गएराति भएको ड्र अनुसार साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् ।

इटलीले युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएर उपाधि जितेको थियो । युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।

आयोजक जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् । यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् ।

फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन् ।

यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ । यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्नेछ ।

प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया, प्लेअफ समूहमा ‘बी’ मा इजरायल, बोस्निया एण्ड हर्जगोभिना, युक्रेन र आइसल्याण्ड तथा प्लेअफ ‘सी’ मा जर्जिया, ग्रीस, कजाखस्तान र लक्जेमवर्ग छन। तीनवटै समूहको विजेता मात्र युरो कपमा पुग्नेछन् ।

युरोकप २०२४ को उद्घाटन खेल घरेलु टोली जर्मनी र स्कटल्याण्डबीच हुनेछ । यो खेल जुन १४ मा म्युनिखस्थित एलिएन्ज एरेनामा हुनेछ । यस्तै फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

Published Date: 03 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास