नक्कली भुटानी शरणार्थी प्रकरण : आज फैसला हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : आज फैसला हुँदै : Icon Khabar

काठमाडौँ, मंसिर १५ । उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ बिहीबार सकिएको छ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्ला अदालत काठमाडाैंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो।

अदालतमा जारी बहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन्। आज आउने फैसालाले खाणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्याैल हुनेछ।

Published Date: 01 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास