नक्कली भुटानी शरणार्थी प्रकरण : आज फैसला हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : आज फैसला हुँदै : Icon Khabar

काठमाडौँ, मंसिर १५ । उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ बिहीबार सकिएको छ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्ला अदालत काठमाडाैंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो।

अदालतमा जारी बहसमा खाणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन्। आज आउने फैसालाले खाणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्याैल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू