आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर १४ । आज २०८० मंसिर १४ गते बिहिबार, तद्अनुसार ३० नोभेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष तृतीया, आद्र्रा– नक्षत्र, शुभ– योग, भद्रा– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– बिहान ६ः३७, सूर्यास्त– साँझ १७ः०६ बजे ।

आजको राशिफल

मेष: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । धनार्जन हुनेछ । दाजु–भाइको सहयोग पाइने छ ।

वृष: सम्पत्तिको कार्यले लाभ दिने छ । लक्ष्यलाई ध्यानमा राखेर प्रयास गर्दा सफलता पाइने छ । शुभ कार्यमा सक्रिय हुँदा सम्मान प्राप्त हुनेछ ।

मिथुन: रचनात्मक कार्य सफल हुनेछन् । कुनै उत्सवमा सहभागिता जनाउने मौका पाइने छ । सन्तानको कार्यमा नजर राख्नु होला ।

कर्कट: क्रोधमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । वास्तविकतालाई महत्व दिनु होला ।

सिंह: मेहनतको फल पाइने छ । कार्यसिद्धिले प्रसन्नता हुनेछ । प्रतिष्ठा बढ्ने छ ।

कन्या: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक समाचार पाइने छ । प्रसन्नता रहने छ ।

तुला: यात्रा, जागिर तथा लगानीले लाभ दिने छ । उपहार प्राप्ति हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहनेछ ।

वृश्चिक: बोलीमा नियन्त्रण राख्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । अपरिचित व्यक्तिलाई विश्वास नगर्नु होला ।

धनु: नयाँ योजना बन्ने छ । लाभको अवसर बढ्ने छ । समयको अनुकूलताको लाभ लिनु होला ।

मकर: धन प्राप्ति सुगम हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । खानपानमा नियन्त्रण राख्नु पर्नेछ ।

कुम्भ: तन्त्र मन्त्रमा रुचि रहने छ । धनार्जन हुनेछ । शत्रुहरुबाट सावधान रहनु होला ।

मीन: व्यवसायमा नयाँ योजनाहरुबाट लाभको योग छ । प्रतिष्ठित व्यक्तिहरुसंग भेट हुनेछ । पारिवारिक जीवनमा तनाव हुनसक्छ ।

Published Date: 30 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता