सिस्टममा बिजुली अवरुद्ध हुँदा नेप्से ढिलो खुलेपछि थप्यो कारोबार अवधि

सिस्टममा बिजुली अवरुद्ध हुँदा नेप्से ढिलो खुलेपछि थप्यो कारोबार अवधि : Icon Khabar

काठमाडौँ, मंसिर १३ । मंसिर १३ गते, बुधबार नेपाल सटक एक्सचेञ्जले कारोबार अवधि थप गरेको छ। समस्याका कारण समयमै बजार नखुलेका कारण नेप्सेले समय अवधि थप गरेको हो।

आज नेप्सेले कारोबार अवधि २४ मिनेट थप गरेको हो। अर्थात यस दिन बजार ३ बजेर २४ मिनेटसम्म खुल्नेछ। बुधबार नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समयभन्दा २४ मिनेट ढिला खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts