कुनै बेला वेटर थिए यी बलिउड कलाकार

कुनै बेला वेटर थिए यी बलिउड कलाकार : Icon Khabar

मुम्बई, मंसिर ८ । बलिउडका केही लोकप्रिय अभिनेता एकै पटक आजको स्थानसम्म आइपुगेका होइनन् । उनीहरुले लामो संघर्ष तथा मेहनत पश्चातमात्र आज नाम, दाम र परिचय कमाउन सफल भएका छन् ।

बलिउडमा केही त्यस्ता अभिनेताहरु पनि छन्, जो फिल्ममा अभिनय गर्न थाल्नुभन्दा पहिला होटल तथा रेष्टुराँमा काम गर्थे ।

आफूमा अभिनयको क्षमता हुँदा–हुँदै पनि केहि कलाकार अन्य काम गर्न बाध्य हुन्छन् तर आफूमा भएको क्षमता प्रस्तुत गर्ने मौका पाएपछि भने आफ्नो परिचय, नाम र दाम भने कमाउन सफल भएरै छाड्छन् ।

फिल्ममा अभिनय गर्नु अगाडि अक्षय कुमार शेफ तथा वेटरको रुपमा काम गर्थे । जब उनी बैँककमा थिए, त्यहाँ आफ्नो खर्च उठाउनका लागि उनी एउटा होटलमा वेटर तथा शेफको काम गर्थे । अक्षयले सन् १९८१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट अभिनयमा पाइला राखे र हेर्दा–हेर्दै स्टार बन्न सफल भए । आज अक्षय बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता मध्येका एक बनेका छन् ।

रणदीप हुड्डाले पनि वेटरको काम गर्थे भन्ने कुरा सुन्दा आश्चर्य लाग्न सक्छ । तर उनले केहि समय वेटरको काम गर्नु पर्ने बाध्यता रहेको थियो । जब रणदीप अध्ययनका लागि अस्ट्रलिया गएका थिए, तब उनले त्यहाँ आफ्नो पकेटमनीका लाग एउटा रेस्टुराँमा वेटरको काम गरेका थिए । त्यति मात्र नभएर उनले अस्ट्रेलियामा कार धुने र ट्याक्सी चलाउने कामसमेत गरेका थिए ।

अभिनेता रणवीर सिंहले आफूले पनि विगतमा वेटरको काम गरेको कुरा कफी विद करण कार्यक्रममा बताएका थिए । जब उनी अमेरिकामा थिए, उनले त्यहाँ वेटरको काम गरेका थिए । उनी कफी हाउसमा कफी बेच्ने काम गर्थे ।

अभिनेता बोमन ईरानीले भने मुम्बईको ताज होटलमा दुई वर्षसम्म वेटर र रुम सर्भिस स्टाफको रुपमा काम गरेका थिए ।

बोमनलाई अहिले परिचयको आवश्यकता छैन, यद्यपि उनले ४२ वर्षको उमेरमा अभिनय क्षेत्रमा पाइला राखेका हुन् । उनी कलाकार हुनु अगाडि फोटोग्राफीसमेत गर्थे ।

अभिनेता मात्र नभइ अभिनेत्रीले पनि वेटरको काम गरेका थिए भन्ने कुरा सुन्दा छक्क पर्न सकिन्छ । यद्यपि, अभिनेत्री सोनम कपूरले पनि वेटरको काम गरिसकेकी छिन् । जब उनी सिंगापुरमा थिइन् तब उनले आफ्नो पकेटमनीका लागि एउटा चाइनिज रेष्टुराँमा वेटरको काम गरेकी थिइन् । त्यति बेला सोनम केवल १५ वर्षकी मात्र थिइन् ।

अनुपमा नामले चर्चित अभिनेत्री रुपाली गांगुली पनि कुनै समयमा वेटर र सेल्स गर्लको रुपमा काम गर्थिन् । यो त्यो समयको कुरा हो, जब उनको परिवारको आर्थिक स्थिति कमजोर थियो ।

Published Date: 24 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास