कुनै बेला वेटर थिए यी बलिउड कलाकार

कुनै बेला वेटर थिए यी बलिउड कलाकार : Icon Khabar

मुम्बई, मंसिर ८ । बलिउडका केही लोकप्रिय अभिनेता एकै पटक आजको स्थानसम्म आइपुगेका होइनन् । उनीहरुले लामो संघर्ष तथा मेहनत पश्चातमात्र आज नाम, दाम र परिचय कमाउन सफल भएका छन् ।

बलिउडमा केही त्यस्ता अभिनेताहरु पनि छन्, जो फिल्ममा अभिनय गर्न थाल्नुभन्दा पहिला होटल तथा रेष्टुराँमा काम गर्थे ।

आफूमा अभिनयको क्षमता हुँदा–हुँदै पनि केहि कलाकार अन्य काम गर्न बाध्य हुन्छन् तर आफूमा भएको क्षमता प्रस्तुत गर्ने मौका पाएपछि भने आफ्नो परिचय, नाम र दाम भने कमाउन सफल भएरै छाड्छन् ।

फिल्ममा अभिनय गर्नु अगाडि अक्षय कुमार शेफ तथा वेटरको रुपमा काम गर्थे । जब उनी बैँककमा थिए, त्यहाँ आफ्नो खर्च उठाउनका लागि उनी एउटा होटलमा वेटर तथा शेफको काम गर्थे । अक्षयले सन् १९८१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट अभिनयमा पाइला राखे र हेर्दा–हेर्दै स्टार बन्न सफल भए । आज अक्षय बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता मध्येका एक बनेका छन् ।

रणदीप हुड्डाले पनि वेटरको काम गर्थे भन्ने कुरा सुन्दा आश्चर्य लाग्न सक्छ । तर उनले केहि समय वेटरको काम गर्नु पर्ने बाध्यता रहेको थियो । जब रणदीप अध्ययनका लागि अस्ट्रलिया गएका थिए, तब उनले त्यहाँ आफ्नो पकेटमनीका लाग एउटा रेस्टुराँमा वेटरको काम गरेका थिए । त्यति मात्र नभएर उनले अस्ट्रेलियामा कार धुने र ट्याक्सी चलाउने कामसमेत गरेका थिए ।

अभिनेता रणवीर सिंहले आफूले पनि विगतमा वेटरको काम गरेको कुरा कफी विद करण कार्यक्रममा बताएका थिए । जब उनी अमेरिकामा थिए, उनले त्यहाँ वेटरको काम गरेका थिए । उनी कफी हाउसमा कफी बेच्ने काम गर्थे ।

अभिनेता बोमन ईरानीले भने मुम्बईको ताज होटलमा दुई वर्षसम्म वेटर र रुम सर्भिस स्टाफको रुपमा काम गरेका थिए ।

बोमनलाई अहिले परिचयको आवश्यकता छैन, यद्यपि उनले ४२ वर्षको उमेरमा अभिनय क्षेत्रमा पाइला राखेका हुन् । उनी कलाकार हुनु अगाडि फोटोग्राफीसमेत गर्थे ।

अभिनेता मात्र नभइ अभिनेत्रीले पनि वेटरको काम गरेका थिए भन्ने कुरा सुन्दा छक्क पर्न सकिन्छ । यद्यपि, अभिनेत्री सोनम कपूरले पनि वेटरको काम गरिसकेकी छिन् । जब उनी सिंगापुरमा थिइन् तब उनले आफ्नो पकेटमनीका लागि एउटा चाइनिज रेष्टुराँमा वेटरको काम गरेकी थिइन् । त्यति बेला सोनम केवल १५ वर्षकी मात्र थिइन् ।

अनुपमा नामले चर्चित अभिनेत्री रुपाली गांगुली पनि कुनै समयमा वेटर र सेल्स गर्लको रुपमा काम गर्थिन् । यो त्यो समयको कुरा हो, जब उनको परिवारको आर्थिक स्थिति कमजोर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts


ताजा
भ्रष्टाचार छानबिन गर्न तीन दल असहमत, सुशीला कार्कीले भनिन्- हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्ब रुपैयाँ बराबर
संसद विघटन गर्ने या नगर्ने भन्ने मै अड्कियो सुशीला कार्कीको नियुक्ति


ट्रेन्डिङ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक