आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, कात्तिक २३ । आज २०८० कात्तिक २३ गते बिहिबार, तद्अनुसार ९ नोभेम्बर २०२३ । आज कार्तिक कृष्ण एकादशी, वैधृति बालव उत्तर, रमा एकादशी व्रत, विश्व स्वतन्त्रता दिवस ।

आजको राशिफल

मेष: आज ठूलो लाभ हुनेछ । दूरदर्शिता तथा बुद्धिमानीका कारण रोकिएका काम पुरा हुने सम्भावना छ । खर्च घटाउनु पर्नेछ ।

वृष: राजकीय सहयोग पाइने छ । जीवनसाथीको सहयोग पाइने छ । नयाँ कार्यबाट लाभ पाइने सम्भावना छ ।

मिथुन: बौद्धिक कार्य सफल रहने छ । प्रसन्नता रहने छ । दाम्पत्य जीवन सुखद रहने छ ।

कर्कट: व्यस्तता बढ्ने छ । बोलीमा नियन्त्रण आवश्यक छ । दिन प्रसन्नतापूर्वक व्यतित हुनेछ ।

सिंह: मेहनत सफल रहने छ । प्रसन्नता रहने छ । ठूला मानिसहरुसंग भेटघाट हुनेछ, जसको लाभ भविष्यमा पाइने छ ।

कन्या: यात्रा सफल रहने छ । लाभको अवसर बढ्ने छ । रचनात्मक कार्यमा प्रतिफल पाइने छ ।

तुला: नवीन वस्त्राभूषणको प्राप्ति हुनेछ । यात्रा सफल रहने छ । व्यापार सामान्य चल्ने छ ।

वृश्चिक: चोट तथा दुर्घटनाबाट बच्नु होला । नयाँ काममा सफलता पाइने छ । स्वास्थ्यमा सुधार हुनेछ ।

धनु: पुराना साथीसंगी भेटिने छन् । सुखद समाचार पाइने छ । प्रसन्नता रहने छ ।

मकर: योजना फलीभूत हुनेछ । कार्यसिद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ ।

कुम्भ: राजकीय सहयोग पाइने छ । रोकिएका कार्य पूर्ण हुनेछन् । अध्यात्ममा रुचि रहने छ ।

मीन: फजूल खर्च हुनेछ । साझेदारीमा नयाँ प्रस्ताव पाइने छ । साथीहरुको सहयोगले महत्वपूर्ण कार्य पुरा हुने सम्भावना छ ।

Published Date: 09 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक