टी–२० विश्वकपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै, जित्नै पर्ने दवाव

टी–२० विश्वकपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै, जित्नै पर्ने दवाव : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) यूएईसँग खेल्दैछ ।

खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने छ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप पुग्न सकेको थिएन ।

नेपाल र यूएईबीच ८ वटा टी–२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सी आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।

हेड टु हेड :

नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ ।

युएईको टोली :

मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

Published Date: 03 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक