दशैंमा प्रदर्शनमा आएको ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ को ब्यापार कस्तो भयो ?

दशैंमा प्रदर्शनमा आएको ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ को ब्यापार कस्तो भयो ? : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । दशैंको अवसर पारेर ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा आएका थिए । नेपालीहरुको महान पर्वमा यी सिक्वेलवाला फिल्महरुले राम्रो व्यापार गरेका छन् ।

तेश्रो सातामा चलिरहेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले निर्मातालाई नाफा दिने पक्का छ । फिल्मले दोश्रो साता दशैंमा मोफसलका हलहरुमा बम्पर व्यापार गर्न सफल रह्यो । यस फिल्मका निर्माताले फिल्म प्रदर्शनको चार दिनमा १ करोड ९८ लाखको व्यापार सार्वजनिक गरेका थिए ।

‘पदरेशी २’ गायक प्रकाश सपुतको पहिलो फिल्म हो । प्रकाशसँगै फिल्ममा नायिकाद्वाय केकी अधिकारी र बर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ । अभिनेता दीलिप रायमाझी र इन्डियन आइडलका पुर्व विजेता प्रशान्त तामाङ अतिथि भूमिकामा छन् ।

यस्तै दिपेन्द्र के.खनाल निर्देशित ‘पशुपति प्रसाद २ : भष्मे डन’ले प्रदर्शनको पहिलो दिनमै दुई करोड चालिस लाखको व्यापार गरेको निर्माण टिमको दाबी छ । त्यस पश्चात् पनि फिल्मको व्यापार आक्रमक रह्यो । फूलपातीदेखि प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म यो शनिबारबाट दोश्रो सातामा प्रदर्शन भैरहेको छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्ममा बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायत अन्य कलाकारहरुको अभिनय छ । दशैंमा प्रदर्शन भएर सफल व्यापार गरिरहेका दुई फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

Published Date: 30 October 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न