दशैंमा प्रदर्शनमा आएको ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ को ब्यापार कस्तो भयो ?

दशैंमा प्रदर्शनमा आएको ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ को ब्यापार कस्तो भयो ? : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । दशैंको अवसर पारेर ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा आएका थिए । नेपालीहरुको महान पर्वमा यी सिक्वेलवाला फिल्महरुले राम्रो व्यापार गरेका छन् ।

तेश्रो सातामा चलिरहेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले निर्मातालाई नाफा दिने पक्का छ । फिल्मले दोश्रो साता दशैंमा मोफसलका हलहरुमा बम्पर व्यापार गर्न सफल रह्यो । यस फिल्मका निर्माताले फिल्म प्रदर्शनको चार दिनमा १ करोड ९८ लाखको व्यापार सार्वजनिक गरेका थिए ।

‘पदरेशी २’ गायक प्रकाश सपुतको पहिलो फिल्म हो । प्रकाशसँगै फिल्ममा नायिकाद्वाय केकी अधिकारी र बर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ । अभिनेता दीलिप रायमाझी र इन्डियन आइडलका पुर्व विजेता प्रशान्त तामाङ अतिथि भूमिकामा छन् ।

यस्तै दिपेन्द्र के.खनाल निर्देशित ‘पशुपति प्रसाद २ : भष्मे डन’ले प्रदर्शनको पहिलो दिनमै दुई करोड चालिस लाखको व्यापार गरेको निर्माण टिमको दाबी छ । त्यस पश्चात् पनि फिल्मको व्यापार आक्रमक रह्यो । फूलपातीदेखि प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म यो शनिबारबाट दोश्रो सातामा प्रदर्शन भैरहेको छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्ममा बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायत अन्य कलाकारहरुको अभिनय छ । दशैंमा प्रदर्शन भएर सफल व्यापार गरिरहेका दुई फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

Published Date: 30 October 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने