सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तियो

सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तियो : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा गिरावट आएको छ । कात्तिक १३ गते, सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा झरेको छ । आइतबार भने सुनको भाउ स्थिर रहेको थियो । अघिल्लो कारोबार दिन, सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार भने चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Published Date: 30 October 2023
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय