सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तियो

सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तियो : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा गिरावट आएको छ । कात्तिक १३ गते, सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा झरेको छ । आइतबार भने सुनको भाउ स्थिर रहेको थियो । अघिल्लो कारोबार दिन, सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार भने चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 October 2023
Website | + posts




ताजा
आज बुधबारको राशिफल
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने