सिद्धिगणेश साकोसकाे स्थापनाको २९ औं वार्षिक दिवस मनाईयो

सिद्धिगणेश साकोसकाे स्थापनाको २९ औं वार्षिक दिवस मनाईयो : Icon Khabar

भक्तपुर,पुष २९ । सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको २९ औं वार्षिक दिवस शुक्रबार एक कार्यक्रम गरी मनायो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले सिद्धि गणेश साकोसको २९ वर्षको अनुभव देश र समाजको लागि महत्वपूर्ण हुने बताए ।

प्रजापतिले अनुत्पादक क्षेत्रमा लगानी बढ्नु राम्रो संकेत नभएको धारणा राख्दै बढी ब्याज दिने लोभमा सर्वसाधारण जनताको रकम उठाएर भाग्ने सहकारीविरूद्ध जनतालाई बेलैमा सचेत बनाउन भक्तपुरका सहकारीहरू एकजुट हुनुपर्ने बताए । सहकारी संस्था सहकारी मूल्य–मान्यता र सिद्धान्त अनुसार अगाडि बढ्नुपर्ने उल्लेख गर्दै  सदस्यहरूलाई आत्मनिर्भर र स्वाभिमानी बन्नेतर्फ प्रेरित गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले सिद्धि गणेश साकोस देशकै नमुना सहकारीको रूपमा विकास हुन सक्नुमा पदाधिकारीको मेहनत र इमानदारिता भएको बताए ।भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले पारदर्शी नभएको संस्थामा बचत गर्न नहुने धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष रूद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू राजेन्द्र दुमरू, राजन लाखा र जयराम गोर्खालीले पनि बोलेका थिए ।

Published Date: 13 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय