राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै कात्तिक १७ गतेसम्म समय थप गरेको हो।

केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको एक साताभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ। तर कात्तिककाे पहिलो साता दशैँ परेकोले पनि केन्द्रीय बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने समय लम्ब्याएको हो।

अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कात्तिक १७ गतेसम्ममा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने छ।

Published Date: 16 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास