राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै कात्तिक १७ गतेसम्म समय थप गरेको हो।

केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको एक साताभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ। तर कात्तिककाे पहिलो साता दशैँ परेकोले पनि केन्द्रीय बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने समय लम्ब्याएको हो।

अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कात्तिक १७ गतेसम्ममा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने छ।

Published Date: 16 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक