आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २७ । आज २०८० असोज २७ गते शनिवार, १४ अक्टोबर २०२३ । आज असोज कृष्ण औँशी, एन्द्र चतुष्पद हस्ता, औंसी श्राद्ध/ पितृ विसर्जन ।

आजको राशिफल

मेष: आम्दानी हुनेछ । विवेकको प्रयोग गर्नु पर्छ । काममा मन लाग्ने छैन ।

वृष: भाग्योन्नतिको प्रयास सफल रहने छ । विवादबाट बचौँ । लामो यात्रा हुन सक्छ ।

मिथुन: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी लाभदायक रहने छ ।

कर्कट: व्यवसायले मनोनुकूल लाभ दिने छ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ ।

सिंह: घरमा प्रसन्नता रहने छ । तीर्थदर्शन हुनसक्छ । सत्संगको लाभ मिल्ने छ ।

कन्या: नयाँ साथी बन्नेछन् । शुभ खबर पाइने छ । प्रसन्नता रहने छ ।

तुला: कुनै ठूलो काम गर्ने योजना बन्न सक्छ । कार्यसिद्धी हुनेछ । सुखका साधनहरुमा खर्च हुनेछ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । भाग्योन्नतिको प्रयास फल हुनेछ ।

धनु: कार्यसिद्धीबाट प्रसन्नता मिल्ने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर मिल्ने छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: बौद्धिक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मीन: जोखिमपूर्ण कार्य नगर्नु होला । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । व्यवसायबाट लाभ हुनेछ ।

Published Date: 14 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक