काभा भलिबल च्याम्पियनसीपमा नेपाल साउदी अरेबियासँग पराजित

काभा  भलिबल च्याम्पियनसीपमा नेपाल साउदी अरेबियासँग पराजित : Icon Khabar

काठमाडौँ, असोज २६ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।

त्यस्तै खेलको तेस्रो सेट २३-२५ ले गुमाएको नेपाललले चौथो सेट २७-२५ ले जित्यो । त्यसपछिको निर्णायक पाँचौँ सेट नेपालले १६-१४ ले गुमाएपछि नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित हुन पुग्यो । प्रतियोतिामा यससँगै चार खेल खेलेको नेपालको यो दोस्रो हार हो । नेपाल श्रीलङ्कासँग ३-० को सोझो सेटमा पराजित भएको थियो । त्यस्तै नेपालले यसअघि बङ्गालादेशलाई ३-१ र अफगानिस्तानलाई ३-२ को सेटमा पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा भोलि उज्वेकिस्तान खेल्ने छ । रासस 

Published Date: 13 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास