देउवाले बोलाए कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक : Icon Khabar

काठमाडौँ, असोज २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कोशी प्रदेशको मुख्यमन्त्री चयन गर्ने विषयमा कोशीकै सांसदहरूबीच विभाजन देखिएपछि त्यसबारे छलफल गर्न सभापति देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो सभापति देउवाको निवास धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्न लागेको जानकारी दिए । कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रबार साँझ ५ बजे सकिँदैछ ।

देउवाले कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । तर प्रदेशसभामा रहेका कांग्रेसका सांसदहरुले भने देउवाको त्यो निर्णय स्वीकार गरेका छैनन् ।

कांग्रेसकै सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् भने उनलाई नेकपा एमालेका ४० र कांग्रेसकै ८ जना सांसदको समर्थन छ । त्यस्तै, गठबन्धन दलहरुले भने संसदीय दलका नेताहरुले हस्क्षातार गरेर नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेका छन् ।

Published Date: 13 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास