देउवाले बोलाए कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक : Icon Khabar

काठमाडौँ, असोज २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कोशी प्रदेशको मुख्यमन्त्री चयन गर्ने विषयमा कोशीकै सांसदहरूबीच विभाजन देखिएपछि त्यसबारे छलफल गर्न सभापति देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो सभापति देउवाको निवास धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्न लागेको जानकारी दिए । कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रबार साँझ ५ बजे सकिँदैछ ।

देउवाले कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । तर प्रदेशसभामा रहेका कांग्रेसका सांसदहरुले भने देउवाको त्यो निर्णय स्वीकार गरेका छैनन् ।

कांग्रेसकै सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् भने उनलाई नेकपा एमालेका ४० र कांग्रेसकै ८ जना सांसदको समर्थन छ । त्यस्तै, गठबन्धन दलहरुले भने संसदीय दलका नेताहरुले हस्क्षातार गरेर नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेका छन् ।

Published Date: 13 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक