ख्वपमा नयाँ कार्यक्रमहरु सञ्चालन स्वीकृतिको लागि त्रिवि उपकूलपतिको ध्यानाकर्षण

ख्वपमा नयाँ कार्यक्रमहरु सञ्चालन स्वीकृतिको लागि त्रिवि उपकूलपतिको ध्यानाकर्षण : Icon Khabar

भक्तपुर, असोज १६ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा नयाँ कार्यक्रमहरु सञ्चालन स्वीकृतिको लागि त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराएको छ ।

नगर प्रमुख प्रजापतिले उपकूलपति बास्कोटासँग उहाँको कार्यकक्षमा भेटी भक्तपुर नगरपालिकाले विभिन्न विषयका उच्च शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको र विद्यार्थीहरुको रुचिअनुसार विषयहरु थप्दै लाने योजनाअनुरुप ख्वप कलेजहरूमा त्रिविविअन्तर्गत नयाँ कार्यक्रमहरु थप गर्न सहजीकरणको लागि आग्रह गरेको हो ।

प्रमुख प्रजापतिले त्रिविविले समयमै परीक्षा नलिने, ढिला परीक्षाफल प्रकाशित गर्ने, गलत परीक्षाफल प्रकाशित गर्ने र बन्द, हड्ताल तथा तालाबन्दीजस्ता गतिविधिले कलेज र विश्वविद्यालयप्रति नै विद्यार्थीहरुको आकर्षण घट्दै गएको बताए ।

उनले नेपालको शिक्षा नीतिप्रति विद्यार्थीहरु असन्तुष्ट देखिएकै कारण वर्षेनी लाखौंको संख्यामा विद्यार्थीहरु विदेशिने क्रम बढ्दै गइरहेको बताउँदै विद्यार्थीहरुलाई आफ्नै देशमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नेतर्फ त्रिविविले समयमै ध्यान पुर्याउनुपर्ने जोड दिए ।

सोही क्रममा उपकूलपति बास्कोटाले नेपालको शिक्षा नीति सुधार गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै नेपालको शिक्षा नीतिमा कमी कमजोरी भएकै कारण शिक्षा क्षेत्रमा बेथिति बढिरहेको पनि बताए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरुलगायत सामुदायिक कलेजहरुमा नयाँ विषय थप गर्नेतर्फ आफू सकारात्मक रहेको बताउँदै उपकूलपति बास्कोटाले आफू सामुदायिक कलेजहरुलाई सबल र सक्षम बनाउने पक्षमा रहेको बताए ।

नेपालमा हाल ११ सय २४ वटा कलेजहरु सञ्चालनमा रहेको बताउँदै उनले स्थानीय तहबाट सञ्चालित कलेजहरुलाई आवश्यक सहयोग गर्न त्रिविवि सँधै सकारात्मक छ समेत भने ।

उक्त भेटमा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Published Date: 03 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता