निज्जरको मृत्युबारे क्यानडासँग वार्ता गर्न सकिन्छ – भारतीय विदेशमन्त्री जयशंकर

निज्जरको मृत्युबारे क्यानडासँग वार्ता गर्न सकिन्छ – भारतीय विदेशमन्त्री जयशंकर : Icon Khabar

वासिङ्टन, असोज १३ । भारतीय विदेशमन्त्री एस जयशंकरले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको मृत्युको मामिलामा भारत र क्यानडाले एकसाथ बसेर आफ्ना मतभेद समाधान गर्नुपर्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेको जयशंकरले वासिङ्टनमा भारतीय पत्रकारसँग कुरा गर्दै निज्जरको हत्यामा भारतीय एजेन्सीमाथि क्यानाडाले लगाएको आरोपसँग सम्बन्धित जानकारी बारे विचार गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा हत्या भएको थियो । क्यानाडाले निज्जरको मृत्युमा भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाइएको भन्दै जयशंकरले कसैको हत्या गर्नु भारतको नीति नभएको स्पष्ट पारे ।

जयशंकरले भने, ‘क्यानाडाली पक्षले निज्जरको मृत्युमा भारतीय एजेन्सीहरुको संलग्नता रहेको आशंका व्यक्त गरेको छ । भारतीय एजेन्सीविरुद्ध केही आरोपहरु लगाइएको छ । तर, हामीले उनीहरुलाई यो भारतको नीति नभएको भनेर स्पष्ट रुपमा भनेका छौं । यदि कुनै विशेष वा सान्दर्भिक जानकारी क्यानाडाद्वारा साझा गरिएको छ भने, हामी यसलाई विचार गर्न सधैं तयार छौं ।’

भारतीय विदेशमन्त्री जयशंकरले क्यानडामा भारत विरोधी गतिविधिलाई दिएको स्वतन्त्रतामा ध्यान दिनुपर्ने र त्यसबाट उत्पन्न हुने समस्या समाधान गर्न जरुरी भएको बताए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा बोल्दै खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएका थिए । क्यानाडाको यस्तो आरोपपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ । बीबीसी

Published Date: 30 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक