निज्जरको मृत्युबारे क्यानडासँग वार्ता गर्न सकिन्छ – भारतीय विदेशमन्त्री जयशंकर

निज्जरको मृत्युबारे क्यानडासँग वार्ता गर्न सकिन्छ – भारतीय विदेशमन्त्री जयशंकर : Icon Khabar

वासिङ्टन, असोज १३ । भारतीय विदेशमन्त्री एस जयशंकरले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको मृत्युको मामिलामा भारत र क्यानडाले एकसाथ बसेर आफ्ना मतभेद समाधान गर्नुपर्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेको जयशंकरले वासिङ्टनमा भारतीय पत्रकारसँग कुरा गर्दै निज्जरको हत्यामा भारतीय एजेन्सीमाथि क्यानाडाले लगाएको आरोपसँग सम्बन्धित जानकारी बारे विचार गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा हत्या भएको थियो । क्यानाडाले निज्जरको मृत्युमा भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाइएको भन्दै जयशंकरले कसैको हत्या गर्नु भारतको नीति नभएको स्पष्ट पारे ।

जयशंकरले भने, ‘क्यानाडाली पक्षले निज्जरको मृत्युमा भारतीय एजेन्सीहरुको संलग्नता रहेको आशंका व्यक्त गरेको छ । भारतीय एजेन्सीविरुद्ध केही आरोपहरु लगाइएको छ । तर, हामीले उनीहरुलाई यो भारतको नीति नभएको भनेर स्पष्ट रुपमा भनेका छौं । यदि कुनै विशेष वा सान्दर्भिक जानकारी क्यानाडाद्वारा साझा गरिएको छ भने, हामी यसलाई विचार गर्न सधैं तयार छौं ।’

भारतीय विदेशमन्त्री जयशंकरले क्यानडामा भारत विरोधी गतिविधिलाई दिएको स्वतन्त्रतामा ध्यान दिनुपर्ने र त्यसबाट उत्पन्न हुने समस्या समाधान गर्न जरुरी भएको बताए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा बोल्दै खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएका थिए । क्यानाडाको यस्तो आरोपपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ । बीबीसी

Published Date: 30 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास