श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध : Icon Khabar

काठमाडौँ, असोज १२ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने २ हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्घंन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले २ कम्पनीका २ हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए ।

“दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी १ सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती २ हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो”, प्रवक्ता भुलले भने ।

हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा ५ हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा १ हजार ५ सय भिजिबिलिटी चाहिन्छ । ३ हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।रासस

Published Date: 29 September 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर