अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने

अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने : Icon Khabar

काठमाडौं, असोज १० । नेपाल धितोपत्र बोर्डले एपीआइ सम्बन्धी कार्यविधि पारित गरेको छ ।

उक्त कार्यविधि पारित भएपछि अब आइपीओ भर्दा बैंक खातामा पैसा छ भने भेरिफाइ र छैन भने तुरुन्तै रिजेक्ट हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचार्यले कार्यविधि पारित भएपछि अब जसले सीडीएसको डाटाको काम गर्ने अनुमति पाएका छन् तिनीहरुलाई रियल टाइम डाटा दिन सकिने बताउँछन् ।

उनले भने, ‘जस्तैः वालेटहरुले इन्ट्रिग्रेसन गरेर पेमेन्ट गर्ने भन्छन् । तिनीहरुलाई हाम्रो सिस्टममा इन्ट्रिग्रेसन गर्न सकिने भयो । ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरुलाई के के डाटा चाहिन्छ त्यो एपीआइ मार्फत दिन हो ।

उनीहरुको आवश्यकता अनुसारको डाटा रियल टाइममा लाइभ गरिदिने हो।’अब बैंक खातामा पैसा छ भने तरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । ‘हामीले एपीआइ दिइ सकेपछि उनीहरुले सिआस्वाबाट सेयर भर्दा तुरुन्तै भेरिफाइ गर्न सक्छन् । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नु पर्छ ।

सिआस्वा सदस्यहरुले चासो राखेर तुरुन्तै भेरिफाइ गर्न खोजे भने समस्या हल हुन्छ।”नयाँ सुविधा आएको होइन, भएको डाटा तुरुन्तै उपलब्ध गराउने हो, उनले भने, ‘बैंकले प्लेज गरेको सेयर जुन दिन पैसा तिर्यो त्यही दिन बेच्न पाउँदैन किनभने त्यो बैंकले अनप्लेज गेरेको कुरा ब्रोकरले थाहा पाउदैन ।

यो रोक्का फुकुवा भयो भनेर भोलिपल्ट मात्र थाहा हुन्छ । अब यो एपीआइ दिएपछि फुकुवा गर्यो भने हाम्रो डाटा तुरुन्तै फालिएको हुन्छ । यो एपीआई भने रियल डाटामा एक्सेसे दिने भनेको हो।’

Published Date: 27 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी