अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने

अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने : Icon Khabar

काठमाडौं, असोज १० । नेपाल धितोपत्र बोर्डले एपीआइ सम्बन्धी कार्यविधि पारित गरेको छ ।

उक्त कार्यविधि पारित भएपछि अब आइपीओ भर्दा बैंक खातामा पैसा छ भने भेरिफाइ र छैन भने तुरुन्तै रिजेक्ट हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचार्यले कार्यविधि पारित भएपछि अब जसले सीडीएसको डाटाको काम गर्ने अनुमति पाएका छन् तिनीहरुलाई रियल टाइम डाटा दिन सकिने बताउँछन् ।

उनले भने, ‘जस्तैः वालेटहरुले इन्ट्रिग्रेसन गरेर पेमेन्ट गर्ने भन्छन् । तिनीहरुलाई हाम्रो सिस्टममा इन्ट्रिग्रेसन गर्न सकिने भयो । ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरुलाई के के डाटा चाहिन्छ त्यो एपीआइ मार्फत दिन हो ।

उनीहरुको आवश्यकता अनुसारको डाटा रियल टाइममा लाइभ गरिदिने हो।’अब बैंक खातामा पैसा छ भने तरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । ‘हामीले एपीआइ दिइ सकेपछि उनीहरुले सिआस्वाबाट सेयर भर्दा तुरुन्तै भेरिफाइ गर्न सक्छन् । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नु पर्छ ।

सिआस्वा सदस्यहरुले चासो राखेर तुरुन्तै भेरिफाइ गर्न खोजे भने समस्या हल हुन्छ।”नयाँ सुविधा आएको होइन, भएको डाटा तुरुन्तै उपलब्ध गराउने हो, उनले भने, ‘बैंकले प्लेज गरेको सेयर जुन दिन पैसा तिर्यो त्यही दिन बेच्न पाउँदैन किनभने त्यो बैंकले अनप्लेज गेरेको कुरा ब्रोकरले थाहा पाउदैन ।

यो रोक्का फुकुवा भयो भनेर भोलिपल्ट मात्र थाहा हुन्छ । अब यो एपीआइ दिएपछि फुकुवा गर्यो भने हाम्रो डाटा तुरुन्तै फालिएको हुन्छ । यो एपीआई भने रियल डाटामा एक्सेसे दिने भनेको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट