बेलुकाको खाना चाँडै खाँदा हुने विभिन्न फाइदाहरु थाहा पाउनुहोस

बेलुकाको खाना चाँडै खाँदा हुने विभिन्न फाइदाहरु थाहा पाउनुहोस : Icon Khabar

काठमाडौँ, असोज ९ । तपाई कति बजे बेलुकाको खाना खानुहुन्छ ? बेलुकाको खाना चाँडै खाँदा हाम्रो शरीरका लागि धेरै लाभदायी हुने कुरा हामी मध्य धेरैलाई थाहा नहुन सक्छ। त्यसैले आइकन खबरको यो जीवनशैलीमा बेलुका खानाछिटो खाँदा हुने फाइदाहरुका बारेमा जानकारी प्रस्तुत छ :

१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन।

२. छाति पोल्दैन: अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन।

३. अधिक उर्जा पाउँन सकिन्छ: बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ। यसविपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले उर्जा पाउँछ।

४. हल्का महसूस हुन्छ: यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन।

५. गहिरो निन्द्रा पर्छ: राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन। यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ।

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ: जति खाना खायो, उति नै पच्नुपनि पर्छ। खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ। यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ। तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

७. पेटको रोग कम हुन्छ: सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन। यसका अलावा छाला पनि चम्किलो हुन्छ।

८. चाहेको खान सकिन्छ: चाँडै खाना खाँदा तपाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर। यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ।

Published Date: 26 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास