डिप फ्राइ गर्दा यी विभिन्न कुराहरुमा ध्यान दिनुहोस

डिप फ्राइ गर्दा यी विभिन्न कुराहरुमा ध्यान दिनुहोस : Icon Khabar

काठमाडौं, असोज ५ । चाडपर्वको सिजन सुरु भइसकेको छ । रमाइलो माहोल, कामबाट छुट्टी र भेटघाटले चाडपर्वलाई उल्लासमय बनाउँछ । यससँगै जोडिएर आउँछ मिष्ठान्न परिकार ।

चाडबाडमा हलका खानेकुरा भन्दा तारेका (डिप फ्राइ गरिएका), मसालेदार खानेकुरा नै धेरैले रुचाइरहेका हुन्छन् । डिप फ्राइ गरेपछि बाँकी रहेको तेललाई पुनः प्रयोग गरेर अर्को परिकारमा प्रयोग गरिन्छ । विज्ञहरुका अनुसार लामो समयसम्म तेल उमाल्दा धेरै पौष्टिक तत्व नष्ट हुन्छन् । झन् बारम्बार एकै तेलमा परिकार पकाउँदा स्वास्थ्यलाई निकै असर गर्छ । त्यसैले डिप फ्राइ गर्दा केही सावधानी अपनाउन आवश्यक छ ।

भाँडाको आकारलाई ध्यान दिने

डिप फ्राइ गर्दा ठूलो, चौडा र समतल प्यानको प्रयोग गर्नुको सट्टा सानो, गहिरो र साँघुरो मुख भएको भाँडा प्रयोग गर्नु उचित हुन्छ । यस्तो भाँडोमा कम तेलमै सजिलैसँग डिप फ्राइ गर्न सकिन्छ ।

तेलमा ध्यान दिने

डिप फ्राइका लागि ओलिभ तेल, नरिवलको तेलको सट्टा घिउ, बदाम र तोरीको तेल प्रयोग गर्नुपर्छ । किनभने नरिवल र जैतुनको तेलको उम्लिने बिन्दु कम हुने भएकाले चाँडै डढ्छ भने घिउ, तोरी र बदामको तेलमा उच्च उम्लिने बिन्दु हुन्छ । जसकारण उच्च तापक्रममा पनि खानेकुरा र भाँडो जल्दैन र पुनः प्रयोग गर्न सकिन्छ ।

तापक्रम सही राख्ने

खानेकुरा पकाउँदा या त तेल धेरै तताइन्छ वा तेल नतात्दै खानेकुरा भुट्न खोजिन्छ भने तेल कि त डढ्छ कि त तैरिरहन्छ । यस्तोमा तापक्रम कसरी थाहा पाउने त ? तापक्रम जाँच गर्न त्यति कठिन छैन । तेलमा खानेकुराको सानो टुक्रा हालेर ६० सेकेन्डभित्र खैरो भएपछि खानेकुरा राखेर पकाउन सकिन्छ ।

खानेकुराको आकार

जतिसुकै मात्रामा खानेकुरा भुटे पनि त्यसको साइज एउटै राख्नुपर्छ । खानेकुरामा कुनै सानो, कुनै वा पातलो भएमा त्यो डढ्ने वा नपाक्ने हुन्छ । साथै, ठूला टुक्राहरू फ्राइ गर्न थप समय लाग्नेछ ।

पानीबाट टाढा रहने

फ्रेन्च फ्राइ, पकौडा, पुरी फ्राइ गर्दा कहिलेकाहीं हात वा लाठीमा पानी आउन सक्छ । र, त्यो पानीको थोपा तातो तेलमा पर्दा तेलको छिटा बाहिर निस्कन्छ । जसले गर्दा अनुहार वा हातको छाला पोल्ने सम्भावना रहन्छ । यसबाट बच्न लाठी र हातलाई राम्ररी पुछेर प्रयोग गर्नुपर्छ ।

खानेकुरा र तेल थेग्न नसक्ने गरी भाँडोमा राख्ने

डिप फ्राइ गर्दा खानेकुरा र तेल थेग्न नसक्ने गरी भाँडोमा राख्न हुँदैन । किनभने यदि धेरै तेल भयो भने खाना थप्ने बित्तिकै बाहिर निस्कन थाल्छ र धेरै खानेकुरा भएमा त्यहीं टाँसिन्छ । टाँसिएपछि खानेकुरा टाँसिने त हुन्छ नै क्रिस्पी पनि हुँदैन ।

सावधानी पनि अपनाउनुपर्छ

-डिप फ्राइ गर्दा चुलोबाट केही दूरीमा उभिनुपर्छ । ताकि कुनै पनि प्रकारको तेलको तातो छिट्टाबाट जोगिन सकियोस् ।

-सम्भव भएमा सिन्थेटिक कपडाको सट्टा सुती कपडा लगाउनुपर्छ ।

-डिप फ्राइ गरेपछि बाँकी तेललाई छानेर डिब्बामा भर्नुपर्छ । त्यो तेल डिप फ्राइ गर्नुको साटो तरकारी बनाउन र पराठा पकाउन प्रयोग गर्न सकिन्छ तर बारम्बार भुटेको तेलमा पकाइरहनु हुँदैन ।

-भुटेको खानेकुरा सीधै प्लेटमा निकाल्नुको सट्टा पहिले टिस्यु पेपर वा काम नलाग्ने पत्रपत्रिका निकालेर प्रयोग गर्न सकिन्छ ।

-फ्रेन्च फ्राइ, पकोडाजस्ता स्न्याक्स फ्राइ गर्दा तेलको तापक्रम र आगोलाई मध्यम राख्नुपर्छ ।

-पुरी फ्राइ गर्दा तेललाई राम्ररी तताएर मात्रै तेलमा हाल्नुपर्छ जसले गर्दा राम्रोसँग पाक्छ र पुरी मज्जासँग फुल्छ । चिसो तेलमा पुरी राम्ररी फुल्दैन र काँचो पनि रहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट