लिग २ क्रिकेट : यूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

लिग २ क्रिकेट : यूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल : Icon Khabar

काठमाडौं, कार्तिक १९ । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

यस खेलका लागि नेपालले प्लेइङ ११ मा केही परिवर्तन गर्ने सम्भावना पनि छ । नेपालका लागि ओडिआईमा भरपर्दो मानिने आरिफ शेखको ब्याटबाट यो शृंखलामा रन बनिरहेको छैन । उनको स्थानमा टोलीमा अनिल साहले मौका पाउन सक्छन् ।

त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले किफायती बलिङ गरेपनि विकेट भने निकाल्न सकेका छैनन् । उनको स्थानमा शाहब आलमले मौका पाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 November 2025
Website | + posts