आर्सनलको जित, इन्टर बराबरीमा रोकियो

आर्सनलको जित, इन्टर बराबरीमा रोकियो : Icon Khabar

काठमाडौं,  असोज ४ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा आर्सनलले जित हासिल गर्दा इन्टर मिलान बराबरीमा रोकिएको छ ।

आर्सनलको घरेलु स्टेडियम इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले पीएसभी आइन्डहोभनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, गाब्रियल जेसस र मार्टिन ओडेगार्डले १-१ गोल गरे ।

च्याम्पियन्स लिगको आफ्नो पहिलो खेल खेलिरहेका बुकायो साकाले आठौं मिनेटमा गोल गरे । ओडेगार्डको प्रहार बेनिटेजले बचाएपछि साकाले रिबाउन्डमा गोल गरेका थिए ।

२० औं मिनेटमा ट्रोसार्डले काउन्टर आक्रमणमा अग्रता दोब्बर बनाए । यो गोलमा साकाले असिस्ट गरेका थिए । ३८ औं मिनेटमा जेससले अर्को गोल गरे । उनले ट्रोसार्डको क्रसलाई उत्कृष्ट ढंगले नियन्त्रण गर्दै बल पोस्टको दिशा देखाए ।

खेलको चौथो गोल ७० औं मिनेटमा भएको थियो । आर्सनलका कप्तान ओडेगार्डले गोल गर्दै विजयी गोल गरे । उनले लामो समय पछि च्याम्पियन्स लिगमा फर्किएको आर्सनलका लागि पlलामो दूरीबाट गोल गर्दै जित सुनिश्चित गरे ।

सोही समूहमा सेभिल्ला र लेन्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यस्तै समूह डी मा इन्टर मिलान रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । चौथो मिनेटमा ब्राइस मेन्डेजले सोसिडाडलाई अग्रता दिलाएका थिए । बराबरीका लागि इन्टरलाई निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८७ औं मिनेटमा कप्तान लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

समूहको अर्को खेलमा आरबी साल्जबर्गले बेन्फिकालाई २–० ले हराएको छ।

Published Date: 21 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक