आर्सनलको जित, इन्टर बराबरीमा रोकियो

आर्सनलको जित, इन्टर बराबरीमा रोकियो : Icon Khabar

काठमाडौं,  असोज ४ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा आर्सनलले जित हासिल गर्दा इन्टर मिलान बराबरीमा रोकिएको छ ।

आर्सनलको घरेलु स्टेडियम इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले पीएसभी आइन्डहोभनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, गाब्रियल जेसस र मार्टिन ओडेगार्डले १-१ गोल गरे ।

च्याम्पियन्स लिगको आफ्नो पहिलो खेल खेलिरहेका बुकायो साकाले आठौं मिनेटमा गोल गरे । ओडेगार्डको प्रहार बेनिटेजले बचाएपछि साकाले रिबाउन्डमा गोल गरेका थिए ।

२० औं मिनेटमा ट्रोसार्डले काउन्टर आक्रमणमा अग्रता दोब्बर बनाए । यो गोलमा साकाले असिस्ट गरेका थिए । ३८ औं मिनेटमा जेससले अर्को गोल गरे । उनले ट्रोसार्डको क्रसलाई उत्कृष्ट ढंगले नियन्त्रण गर्दै बल पोस्टको दिशा देखाए ।

खेलको चौथो गोल ७० औं मिनेटमा भएको थियो । आर्सनलका कप्तान ओडेगार्डले गोल गर्दै विजयी गोल गरे । उनले लामो समय पछि च्याम्पियन्स लिगमा फर्किएको आर्सनलका लागि पlलामो दूरीबाट गोल गर्दै जित सुनिश्चित गरे ।

सोही समूहमा सेभिल्ला र लेन्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यस्तै समूह डी मा इन्टर मिलान रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । चौथो मिनेटमा ब्राइस मेन्डेजले सोसिडाडलाई अग्रता दिलाएका थिए । बराबरीका लागि इन्टरलाई निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८७ औं मिनेटमा कप्तान लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

समूहको अर्को खेलमा आरबी साल्जबर्गले बेन्फिकालाई २–० ले हराएको छ।

Published Date: 21 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास