ऋचा शर्माको नयाँ फिल्म ‘कौसीद’को ट्रेलर सार्वजनिक

ऋचा शर्माको नयाँ फिल्म ‘कौसीद’को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौँ, असोज ३ । फिल्म ‘कौसीद’को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिती पक्का गरिएको छ । कुमार भास्करद्वारा निर्देशित फिल्मको ट्रेलरमा वित्तिय ऋणको चपेटामा परेको एक दाम्पतीको पीडादायी कथालाई भनिएको छ ।

सार्वजनिक ट्रेलरबाट फिल्ममा अभिनेत्री ऋचा शर्मा र अभिनेता भोलाराज सापकोटा श्रीमान श्रीमतीको भूमिकामा छन् । केदार भुषाल निर्माता रहेको सिनेमामा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायतको पनि अभिनय रहेको छ । सिनेमाको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

बड पिक्चर्स र ट्रिडेन्ट कन्सेप्टको संयुक्त निर्माण रहेको सिनेमामा भीम विश्वकर्माको सम्पादन, गिरिश-रोशन र रिवाज कोइरालाको ब्याकग्राउन्ड स्कोर, सुदीप पाण्डेको कलर तथा भीएफएक्स रहेको छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले मिलेर लेखेको सिनेमामा निसाल पौडेलको छायांकन रहेको छ ।

असोज २६ गते नै ‘कौसीद’ सँग नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ पनि प्रदर्शनमा आउँदैछ ।

Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास