ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढ्यो

ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढ्यो : Icon Khabar

काठमाडौँ, असोज ३ । ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढ्ने भएको छ । जिउँदो ब्रोइलर कुखुराको मूल्य बढेपछि मासुको मूल्य पनि महंगिने भएको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ ।

बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो। अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम रहेको छ ।

पछिल्लो ८ दिनमा जिउँदाे ब्राेइलर कुखुराकाे कोल्ड स्टोर मूल्य तेस्रो पटक बढेकाे छ । भदौ २५ मा कुखराको एक किलाेकाे मूल्य २६० रुपैयाँ रहेकाे थियाे । भदौ २७ मा फेरि प्रतिकिलाे १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेकाे थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ महंगाएकाे हाे ।

यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै तयारी मासु पनि प्रतिकिलो १५ रुपैयाँले बढ्नेछ । अब ब्रोइलर कुखुराको मासुको मूल्य बढेर ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुग्नेछ।

Published Date: 20 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास