म्यानचेस्टर सिटी र पिएसजीको जित

म्यानचेस्टर सिटी र पिएसजीको जित : Icon Khabar

काठमाडौं,  असोज ३ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र पिएसजीले आआफ्नो खेलमा जित हासिल गरेका छन् ।

समूह जि अन्तर्गतको खेलमा सिटीले सर्बियन टिम रेडस्टार बेलग्रेड माथि ३-१ को पुनरागमन जित हासिल गरेको हो भने पिएसजीले बोरुसिया डर्टमन्डलाई २-० ले हराएको हो ।

पहिलो हाफभरी विपक्षीमाथि दवाव कायम गरेको सिटीले हाफको अन्तिमतिर गोल खान पुगेको थियो । बेलग्रेडलाई ओसमान बुकारीले गोल गर्दै अग्रता दिलाएका थियो । सुरुमा गोलले अफसाइड दिइएपनि भीएआरले रेफ्रीको निर्णय उल्टाउँदै गोल दिएको थियो ।

तर सिटीले दोस्रो हाफको सुरुवात मै बराबरी गर्यो । अर्जेन्टिनी खेलाडी जुलियन अल्भारेजले एर्लिङ हालान्डको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अल्भारेजले नै ६०औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले लिएको फ्रिकिक बेलग्रेड गोलरक्षकले रोक्न नसक्दा बलले जाली चुमेको थियो । ७३औं मिनेटमा रोड्रीले सिटीका लागि अर्को गोल थपेर अग्रता बढाएका थिए ।

सोही समूह अन्तर्गत जर्मन क्लब आरबी लाइपजिगले योङ्ग ब्वाइजलाई ३-१ ले हराएर सुखद सुरुवात गरेको थियो ।

यस्तै समूह एफ अन्तर्गतको खेलमा पिएसजीको लागि किलियन एम्बाप्पे र अचराफ हाकिमीले गोल गरेका थिए । एम्बाप्पेले खेलको ४९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

यस्तै सोही समूहमा रहेका एसी मिलान र न्युक्यासल युनाइटेडले गएराति सम्पन्न खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

Published Date: 20 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक