म्यानचेस्टर सिटी र पिएसजीको जित

म्यानचेस्टर सिटी र पिएसजीको जित : Icon Khabar

काठमाडौं,  असोज ३ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र पिएसजीले आआफ्नो खेलमा जित हासिल गरेका छन् ।

समूह जि अन्तर्गतको खेलमा सिटीले सर्बियन टिम रेडस्टार बेलग्रेड माथि ३-१ को पुनरागमन जित हासिल गरेको हो भने पिएसजीले बोरुसिया डर्टमन्डलाई २-० ले हराएको हो ।

पहिलो हाफभरी विपक्षीमाथि दवाव कायम गरेको सिटीले हाफको अन्तिमतिर गोल खान पुगेको थियो । बेलग्रेडलाई ओसमान बुकारीले गोल गर्दै अग्रता दिलाएका थियो । सुरुमा गोलले अफसाइड दिइएपनि भीएआरले रेफ्रीको निर्णय उल्टाउँदै गोल दिएको थियो ।

तर सिटीले दोस्रो हाफको सुरुवात मै बराबरी गर्यो । अर्जेन्टिनी खेलाडी जुलियन अल्भारेजले एर्लिङ हालान्डको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अल्भारेजले नै ६०औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले लिएको फ्रिकिक बेलग्रेड गोलरक्षकले रोक्न नसक्दा बलले जाली चुमेको थियो । ७३औं मिनेटमा रोड्रीले सिटीका लागि अर्को गोल थपेर अग्रता बढाएका थिए ।

सोही समूह अन्तर्गत जर्मन क्लब आरबी लाइपजिगले योङ्ग ब्वाइजलाई ३-१ ले हराएर सुखद सुरुवात गरेको थियो ।

यस्तै समूह एफ अन्तर्गतको खेलमा पिएसजीको लागि किलियन एम्बाप्पे र अचराफ हाकिमीले गोल गरेका थिए । एम्बाप्पेले खेलको ४९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

यस्तै सोही समूहमा रहेका एसी मिलान र न्युक्यासल युनाइटेडले गएराति सम्पन्न खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

Published Date: 20 September 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय