मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित

मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित : Icon Khabar

काठमाडौं, भदौ २४ ।  एसियाको पावरहाउस जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई ४-१ ले पराजित गरेको छ ।

जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा भएको खेलमा जापानले इन्ज्युरी समयमा दुई गोल थप्दै फराकिलो जित पक्का गरेको थियो । जापानका लागि जुन्या इटो, अयासे उएदा, तकुमा असानो र आओ तानाकाले १-१ गोल गरे । जर्मनीका लेरोय सानेले बराबरी गोल फर्काएपनि नतिजा बदल्न पर्याप्त रहेन ।

खेलमा जुन्या इटोको गोलमा जापानले ११ औं मिनेटमा अग्रता लिएको थियो । तर १९ औं मिनेटमा सानेले खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै उएदाले जापानलाई अग्रता दिलाए ।

२-१ को अग्रता लिएको जापानले दोस्रो हाफको इन्ज्युरी समयमा थप २ गोल गर्यो । ९० औं मिनेटमा असानोले गोल गरे । त्यसपछि तानाकाले अर्को गोल थप्दै फराकिलो जित पक्का गरे ।

घरेलु मैदानमा जर्मनीले बल पोसेसनमा पकड जमाएपनि जित दर्ता गर्न सकेन । यसअघि विश्वकपमा पनि निराशाजनक नतिजा निकालेको जर्मनीका प्रशिक्षक हान्सी फ्लिक यस नतिजासँगै थप दबाबमा आएका छन् ।

विश्वकपमा जापानसँग २-१ ले पराजित जर्मनी समूह चरणबाट बाहिरिएको थियो ।

Published Date: 10 September 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ