मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित

मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित : Icon Khabar

काठमाडौं, भदौ २४ ।  एसियाको पावरहाउस जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई ४-१ ले पराजित गरेको छ ।

जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा भएको खेलमा जापानले इन्ज्युरी समयमा दुई गोल थप्दै फराकिलो जित पक्का गरेको थियो । जापानका लागि जुन्या इटो, अयासे उएदा, तकुमा असानो र आओ तानाकाले १-१ गोल गरे । जर्मनीका लेरोय सानेले बराबरी गोल फर्काएपनि नतिजा बदल्न पर्याप्त रहेन ।

खेलमा जुन्या इटोको गोलमा जापानले ११ औं मिनेटमा अग्रता लिएको थियो । तर १९ औं मिनेटमा सानेले खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै उएदाले जापानलाई अग्रता दिलाए ।

२-१ को अग्रता लिएको जापानले दोस्रो हाफको इन्ज्युरी समयमा थप २ गोल गर्यो । ९० औं मिनेटमा असानोले गोल गरे । त्यसपछि तानाकाले अर्को गोल थप्दै फराकिलो जित पक्का गरे ।

घरेलु मैदानमा जर्मनीले बल पोसेसनमा पकड जमाएपनि जित दर्ता गर्न सकेन । यसअघि विश्वकपमा पनि निराशाजनक नतिजा निकालेको जर्मनीका प्रशिक्षक हान्सी फ्लिक यस नतिजासँगै थप दबाबमा आएका छन् ।

विश्वकपमा जापानसँग २-१ ले पराजित जर्मनी समूह चरणबाट बाहिरिएको थियो ।

Published Date: 10 September 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक