हेल्लो सरकार २४ सै घण्टा सेवामा आएपछि गुनासो टिपाउनेको संख्या बढ्यो

हेल्लो सरकार २४ सै घण्टा सेवामा आएपछि गुनासो टिपाउनेको संख्या बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १९ । हेल्लो सरकारको २४ घण्टे सेवा सुरुवातपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै यसमा आउने गुनासा बढ्न थालेको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ गरेका थिए ।

उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने संख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ । नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको पाइएको छ । यस्तै, नयाँ सुरुवातका लागि शुभकामना दिनका लागि फोन गर्नेको संख्या पनि टन्नै छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणका कार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको छ ।

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरुपमा बढ्दो क्रममा रहेको छ । सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस्तै, प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको जानकारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 September 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित