हेल्लो सरकार २४ सै घण्टा सेवामा आएपछि गुनासो टिपाउनेको संख्या बढ्यो

हेल्लो सरकार २४ सै घण्टा सेवामा आएपछि गुनासो टिपाउनेको संख्या बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १९ । हेल्लो सरकारको २४ घण्टे सेवा सुरुवातपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै यसमा आउने गुनासा बढ्न थालेको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ गरेका थिए ।

उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने संख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ । नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको पाइएको छ । यस्तै, नयाँ सुरुवातका लागि शुभकामना दिनका लागि फोन गर्नेको संख्या पनि टन्नै छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणका कार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको छ ।

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरुपमा बढ्दो क्रममा रहेको छ । सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस्तै, प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको जानकारीमा छ।

Published Date: 05 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड