देउवाले गरे १५ विभागका प्रमुख मनोनयन (सूचीसहित)

देउवाले गरे १५ विभागका प्रमुख मनोनयन (सूचीसहित) : Icon Khabar

काठमाडौँ, भदौ १६ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न १५ वटा विभागहरूको प्रमुख मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जस अनुसार पोखरेल प्रदेश समन्वय विभागमा कृष्णचन्द्र नेपालीलाई मनोनयन गरिएको छ । त्यस्तै, महिला विभागमा पुष्पा भुसाललाई मनोनयन गरिएको छ । उद्योग तथा व्यापार विभागमा चिनकाजी श्रेष्ठ मनोनीत भएका छन् ।

यी हुन् मनोनीत १५ विभाग र सदस्यहरूः

१ कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग
२ पुष्पा भुसाल महिला विभाग
३ चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग
४ किरण यादव तराई—मधेश समन्वय विभाग
५ योगेन्द्र चौधरी थारु विभाग
६ गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७ आङ्गेलु शेर्पा पर्यटन विभाग
८ डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१० प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११ रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२ गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३ नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४ मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग

Published Date: 02 September 2023
Website | + posts




















ताजा
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा