वर्षा शनिबार बिहानसम्म नै जारी रहने

वर्षा शनिबार बिहानसम्म नै जारी रहने : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकासहित कर्णाली र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा भइरहेको वर्षा शनिबार बिहानसम्म नै जारी रहने भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले मौसम सुधार भइरहेको भए पनि बाँकी प्रदेशमा भने वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले वर्षा भोलि बिहानसम्म नै कायम रहने बताए । उनका अनुसार काठमाडौं उपत्यका तथा पूर्वी भेगमा भोलि पनि दिनभर मौसम खुल्ने सम्भावना छैन ।

मनसुनी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ रहेकाले अहिले वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सरेकाले पर्सिबाट पश्चिमबाट पूर्वतर्पः मौसम क्रमशः खुल्दै जाने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने