वर्षा शनिबार बिहानसम्म नै जारी रहने

वर्षा शनिबार बिहानसम्म नै जारी रहने : Icon Khabar
तस्बिर : देवराज सुवेदी/रासस

काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकासहित कर्णाली र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा भइरहेको वर्षा शनिबार बिहानसम्म नै जारी रहने भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले मौसम सुधार भइरहेको भए पनि बाँकी प्रदेशमा भने वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले वर्षा भोलि बिहानसम्म नै कायम रहने बताए । उनका अनुसार काठमाडौं उपत्यका तथा पूर्वी भेगमा भोलि पनि दिनभर मौसम खुल्ने सम्भावना छैन ।

मनसुनी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ रहेकाले अहिले वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सरेकाले पर्सिबाट पश्चिमबाट पूर्वतर्पः मौसम क्रमशः खुल्दै जाने उनको भनाइ छ ।

Published Date: 25 August 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड