नेपाल भ्रमणमा रहेका जापानी सांसदहरुलाई नेपालमा थप लगानी गर्न आग्रह

नेपाल भ्रमणमा रहेका जापानी सांसदहरुलाई नेपालमा थप लगानी गर्न आग्रह : Icon Khabar

काठमाडौं, भदौ ८ । देशको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्स (एनसीसी)ले जापानबाट नेपालमा थप लगानी भित्र्याउन नेपाल भ्रमणमा रहेका जापानी सांसदहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।

जापानको संसद्को माथिल्लो सदनका सदस्य तथा नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायासी काजुहिरो र नागाइ मनबु अहिले नेपालको भ्रमणमा छन् ।

बिहीबारको भेटमा एनसीसीका प्रतिनिधिहरुले नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालमा जापानी लगानी बढाउन जापानी सांसदहरुलाई पहल गर्न आग्रह गरेका थिए ।

सो अवसरमा एनसीसीका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र जापानबीचको आपसी सहयोगलाई लगानी र व्यापार साझेदारी अभिवृद्धि गरी थप प्रगाढ बनाउनुपर्ने बताए ।

मल्लले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन र प्रविधि क्षेत्रमा थप लगानीको वातावरण बनाउन जापानी सांसदहरुलाई आग्रह समेत गरे ।

उनले कृषिमा प्रविधि हस्तान्तरणले नेपाललाई थप फाइदा पुग्ने बताए ।

Published Date: 25 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक