नेपाल भ्रमणमा रहेका जापानी सांसदहरुलाई नेपालमा थप लगानी गर्न आग्रह

नेपाल भ्रमणमा रहेका जापानी सांसदहरुलाई नेपालमा थप लगानी गर्न आग्रह : Icon Khabar

काठमाडौं, भदौ ८ । देशको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्स (एनसीसी)ले जापानबाट नेपालमा थप लगानी भित्र्याउन नेपाल भ्रमणमा रहेका जापानी सांसदहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।

जापानको संसद्को माथिल्लो सदनका सदस्य तथा नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायासी काजुहिरो र नागाइ मनबु अहिले नेपालको भ्रमणमा छन् ।

बिहीबारको भेटमा एनसीसीका प्रतिनिधिहरुले नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालमा जापानी लगानी बढाउन जापानी सांसदहरुलाई पहल गर्न आग्रह गरेका थिए ।

सो अवसरमा एनसीसीका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र जापानबीचको आपसी सहयोगलाई लगानी र व्यापार साझेदारी अभिवृद्धि गरी थप प्रगाढ बनाउनुपर्ने बताए ।

मल्लले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन र प्रविधि क्षेत्रमा थप लगानीको वातावरण बनाउन जापानी सांसदहरुलाई आग्रह समेत गरे ।

उनले कृषिमा प्रविधि हस्तान्तरणले नेपाललाई थप फाइदा पुग्ने बताए ।

Published Date: 25 August 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न