भारतले सन् २०२६ को सुरुवातभित्रै डेंगु विरुद्वको खोप सार्वजनिक गर्ने

भारतले सन् २०२६ को सुरुवातभित्रै डेंगु विरुद्वको खोप सार्वजनिक गर्ने : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, भदौ ८ । भारतको भ्याक्सिन निर्माता कम्पनी इन्डियन म्युनोलोजिकल्स लिमिटेड (आइआइएल) ले सन् २०२६ को सुरुवातभित्रै डेंगु ज्वरोको खोप व्यावसायिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

भारतकै पहिलो डेंगु खोप विकास गर्ने दौड तातेको बेला कम्पनीका एक उच्च अधिकारीले उक्त जानकारी गराएको रोयाटर्सले उल्लेख गरेको छ । लामखुट्टेबाट सर्ने डेंगु रोग विगत केही वर्षदेखि भारतमा जनस्वास्थ्यको प्रमुख चिन्ताको विषय बनेको छ । भारतमा मात्रै नभई पछिल्लो केही वर्षदेखि नेपालमा पनि डेंगुको प्रकोप बढ्न थालेको छ ।

विगत केही महिनायता नै धरानमा डेंगुबाट ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । काठमाडौं महानगरपालिकाले पनि डेंगुको प्रकोप रोक्न आवस्यक तयारी गरिरहेको छ । यता, भारतमा पनि सन् २०२३ को जनवरीदेखि जुलाई महिनाको बीचमा डेंगु संक्रमणका ३१ हजार ३६४ केसहरु रिपोर्ट गरिएको छ ।

यस अवधिमा डेंगु सम्बन्धित रोगबाट मात्रै भारतमा ३६ जनाको मृच्यु भइसककेको छ । भारतमा सन् २०२० देखि २०२१ सम्म एक वर्षको अवधिमै डेंगु संक्रमणको घटना ३३३% ले बढेको थियो ।इन्डियन म्युनोलोजिकल्सका प्रबन्ध निर्देशक के आनन्द कुमारले प्रारम्भिक चरणमा १८ देखि ५० वर्ष उमेरका करिब ९० व्यक्तिमा गरिएको खोपको परीक्षणले कुनै प्रतिकूल प्रभाव नदेखाएको बताए ।

पहिलो चरणको ट्रायल पूरा गर्न लागिएको र छिट्टै अर्को चरणको ट्रायल अघि बढाउने उनले बताए । सबै ट्रायल पूरा गर्न कम्तिमा २ देखि ३ वर्ष लाग्ने भएकाले खोपको व्यावसायिक प्रयोग सन् २०२६ को जनवरी महिनादेखि गर्ने कुमारको भनाई छ ।अमेरिकामा रहेको नेसनल इन्स्टिच्युट अफ हेल्थले इन्डियन म्युनोलोजिकल्सलाई भ्याक्सिन विकास गर्न आवश्यक भाइरस उपलब्ध गराएको रोयटर्सले उल्लेख गरेको छ ।

भारतमा इन्डियन म्युनोलोजिकल्स बाहेक सीरम इन्स्टिच्युट अफ इन्डिया र पानसिया बायोटेकले पनि डेंगु भ्याक्सिन निर्माणका लागि काम गरिरहेका छन् । विश्वभर सन् १९२० को दशकदेखि नै डेंगु भ्याक्सिन विकासका लागि कामहरु भइरहेका छन् । तर ४ वटै डेंगु भेरियन्ट विरुद्ध प्रतिरोधात्मक क्षमता सिर्जना गर्नुपर्ने आवश्यकताले ठोस उपलब्धि हासिल हुन सकेको छैन ।

हाल विश्व स्वास्थ्य संगठनले लाइसेन्स प्रदान गरेको एक मात्र डेंगु भ्याक्सिन ‘डेंगभ्याक्सिया’ रहेको छ । यसलाई युरोपेली युनियनले सन् २०१८ मा मान्यता दिएको थियो ।

Published Date: 25 August 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न