भारतले सन् २०२६ को सुरुवातभित्रै डेंगु विरुद्वको खोप सार्वजनिक गर्ने

भारतले सन् २०२६ को सुरुवातभित्रै डेंगु विरुद्वको खोप सार्वजनिक गर्ने : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, भदौ ८ । भारतको भ्याक्सिन निर्माता कम्पनी इन्डियन म्युनोलोजिकल्स लिमिटेड (आइआइएल) ले सन् २०२६ को सुरुवातभित्रै डेंगु ज्वरोको खोप व्यावसायिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

भारतकै पहिलो डेंगु खोप विकास गर्ने दौड तातेको बेला कम्पनीका एक उच्च अधिकारीले उक्त जानकारी गराएको रोयाटर्सले उल्लेख गरेको छ । लामखुट्टेबाट सर्ने डेंगु रोग विगत केही वर्षदेखि भारतमा जनस्वास्थ्यको प्रमुख चिन्ताको विषय बनेको छ । भारतमा मात्रै नभई पछिल्लो केही वर्षदेखि नेपालमा पनि डेंगुको प्रकोप बढ्न थालेको छ ।

विगत केही महिनायता नै धरानमा डेंगुबाट ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । काठमाडौं महानगरपालिकाले पनि डेंगुको प्रकोप रोक्न आवस्यक तयारी गरिरहेको छ । यता, भारतमा पनि सन् २०२३ को जनवरीदेखि जुलाई महिनाको बीचमा डेंगु संक्रमणका ३१ हजार ३६४ केसहरु रिपोर्ट गरिएको छ ।

यस अवधिमा डेंगु सम्बन्धित रोगबाट मात्रै भारतमा ३६ जनाको मृच्यु भइसककेको छ । भारतमा सन् २०२० देखि २०२१ सम्म एक वर्षको अवधिमै डेंगु संक्रमणको घटना ३३३% ले बढेको थियो ।इन्डियन म्युनोलोजिकल्सका प्रबन्ध निर्देशक के आनन्द कुमारले प्रारम्भिक चरणमा १८ देखि ५० वर्ष उमेरका करिब ९० व्यक्तिमा गरिएको खोपको परीक्षणले कुनै प्रतिकूल प्रभाव नदेखाएको बताए ।

पहिलो चरणको ट्रायल पूरा गर्न लागिएको र छिट्टै अर्को चरणको ट्रायल अघि बढाउने उनले बताए । सबै ट्रायल पूरा गर्न कम्तिमा २ देखि ३ वर्ष लाग्ने भएकाले खोपको व्यावसायिक प्रयोग सन् २०२६ को जनवरी महिनादेखि गर्ने कुमारको भनाई छ ।अमेरिकामा रहेको नेसनल इन्स्टिच्युट अफ हेल्थले इन्डियन म्युनोलोजिकल्सलाई भ्याक्सिन विकास गर्न आवश्यक भाइरस उपलब्ध गराएको रोयटर्सले उल्लेख गरेको छ ।

भारतमा इन्डियन म्युनोलोजिकल्स बाहेक सीरम इन्स्टिच्युट अफ इन्डिया र पानसिया बायोटेकले पनि डेंगु भ्याक्सिन निर्माणका लागि काम गरिरहेका छन् । विश्वभर सन् १९२० को दशकदेखि नै डेंगु भ्याक्सिन विकासका लागि कामहरु भइरहेका छन् । तर ४ वटै डेंगु भेरियन्ट विरुद्ध प्रतिरोधात्मक क्षमता सिर्जना गर्नुपर्ने आवश्यकताले ठोस उपलब्धि हासिल हुन सकेको छैन ।

हाल विश्व स्वास्थ्य संगठनले लाइसेन्स प्रदान गरेको एक मात्र डेंगु भ्याक्सिन ‘डेंगभ्याक्सिया’ रहेको छ । यसलाई युरोपेली युनियनले सन् २०१८ मा मान्यता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2023
Website | + posts
ताजा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो
लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू