भोलि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

भोलि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने : Icon Khabar

काठमाडौँ, भदौ ८ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि रु पाँच लाख लाग्ने आयोजकले जनाएको छ ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन् ।

Published Date: 25 August 2023
ताजा
आज सोमबारको राशिफल
देशभर मनसुनी प्रभाव सक्रिय : कोशी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको जोखिम
टोरेसको निर्णायक गोलमा स्पेन विश्वविजेता, अर्जेन्टिनाको लगातार दोस्रो उपाधि जित्ने सपना चकनाचुर
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय