काठमाडौँ, भदौ ७ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेशका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे।
सांसद थापाले भने, ‘‘भक्तपुरमा सञ्चालित न्यूनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’’
Published Date: 24 August 2023