शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित : Icon Khabar

काठमाडौं, भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ । पूर्व निर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज (मंगलबार) बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दल मात्र सहभागी छन् । खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ ।

‘हिजो बेलुकी नै लगभग टुंगिएको छ’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्रीकै पहलमा लगातार बैठक भइरहेको छ । प्रधानमन्त्रीकै सल्लाहमा राख्ने हो क्यारे । राष्ट्रपतिले कताबाट राख्नु भयो थाहा भएन ।’ तर यसबीच (सोमबार राति) संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ । आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।
Published Date: 22 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक