शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित : Icon Khabar

काठमाडौं, भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ । पूर्व निर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज (मंगलबार) बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दल मात्र सहभागी छन् । खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ ।

‘हिजो बेलुकी नै लगभग टुंगिएको छ’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्रीकै पहलमा लगातार बैठक भइरहेको छ । प्रधानमन्त्रीकै सल्लाहमा राख्ने हो क्यारे । राष्ट्रपतिले कताबाट राख्नु भयो थाहा भएन ।’ तर यसबीच (सोमबार राति) संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ । आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।
Published Date: 22 August 2023
ताजा
आज सोमबारको राशिफल
देशभर मनसुनी प्रभाव सक्रिय : कोशी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको जोखिम
टोरेसको निर्णायक गोलमा स्पेन विश्वविजेता, अर्जेन्टिनाको लगातार दोस्रो उपाधि जित्ने सपना चकनाचुर
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय