‘नाङ्गो गाउँ’ को नयाँ गीत ‘पहिलो नम्बर’ सार्वजनिक

‘नाङ्गो गाउँ’ को नयाँ गीत ‘पहिलो नम्बर’ सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन २९ । नयाँ नेपाली फिल्म ‘नाङ्गो गाउँ’ को नयाँ गीत ‘पहिलो नम्बर’ मा सार्वजनिक भएको छ ।

भदौको २९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द तथा एसडी योगीको संगीत सुन्न सकिन्छ । संगीतकार योगीले यो गीतलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । यो गीतमा कर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘नाङ्गो गाउँ’ को गीतमा कर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ ।

यो फिल्ममा कर्मा र साम्राज्ञीसँगै दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुुद्धि तामाङ, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्कालगायतका कलाकारको अभिनय छ ।

क्लब वर्क क्रियशन प्रा।लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको
यो फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने