‘नाङ्गो गाउँ’ को नयाँ गीत ‘पहिलो नम्बर’ सार्वजनिक

‘नाङ्गो गाउँ’ को नयाँ गीत ‘पहिलो नम्बर’ सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन २९ । नयाँ नेपाली फिल्म ‘नाङ्गो गाउँ’ को नयाँ गीत ‘पहिलो नम्बर’ मा सार्वजनिक भएको छ ।

भदौको २९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द तथा एसडी योगीको संगीत सुन्न सकिन्छ । संगीतकार योगीले यो गीतलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । यो गीतमा कर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘नाङ्गो गाउँ’ को गीतमा कर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ ।

यो फिल्ममा कर्मा र साम्राज्ञीसँगै दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुुद्धि तामाङ, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्कालगायतका कलाकारको अभिनय छ ।

क्लब वर्क क्रियशन प्रा।लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको
यो फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् ।

Published Date: 14 August 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड