विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्नुपर्छ: अध्यक्ष बिजुक्छें

विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्नुपर्छ: अध्यक्ष बिजुक्छें : Icon Khabar

भक्तपुर, साउन १६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीहरुले अध्ययन सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राख्नुपर्ने बताएका छन्।

भक्तपुरमा मंगलबार आयोजित ख्वप माध्यमिक विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा तथा ख्वप मा.वि. र शारदा क्याम्पस मा.वि.मा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा उनले विद्याथीहरुलाई देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्न प्रेरित गर्नु पर्ने बताए।

अध्यक्ष बिजुक्छेंले राज्यको उन्नति र प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताउँदै उनले निःस्वार्थ रुपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने हुँदा विद्यार्थी जीवनदेखि विद्यार्थीहरुलाई असल राजनीति गर्नतर्फ उत्प्रेरित गरिदै लानुपर्ने बताए।

उनले देश विदेशको भूगोल अध्ययनले विद्यार्थीहरुमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँ नयाँ पत्ता लगाउनेतर्फ विद्यार्थीहरुको चासो हुनुपर्ने बताए।

देशभक्तिको भावना भएका विद्यार्थीहरुले आफ्नो देशको प्रगति र उन्नतिको लागि सँधै तत्पर भएर लाग्ने बताउँदै उनले विदेशबाट सिकेको ज्ञान र सीपलाई आफ्नै देशमा प्रयोग गरी उपलब्धीपूर्ण काम गर्नु आफैमा एउटा सफलता भएको बताए।

Published Date: 01 August 2023
ताजा
नेपाली चलचित्रकी पहिलो महिला सुपरस्टार निरुता सिंह
कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द हुने
२०४८ सालदेखि सार्वजनिक पदमा रहेका नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने
सरकारले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गर्ने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता