१९ औं एसियाली खेलकुदको चार खेलको तयारी प्रशिक्षण निरीक्षण

१९ औं एसियाली खेलकुदको चार खेलको तयारी प्रशिक्षण निरीक्षण : Icon Khabar

काठमाडौं, साउन ११ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न ४ खेलको निरीक्षण गर्नु भएको छ । एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गरेका हुन् ।

चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ । सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसंग सम्बन्धित विविध पक्ष बारे जानकारी लिएका थिए । असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउदै छ ।

Published Date: 27 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग