१९ औं एसियाली खेलकुदको चार खेलको तयारी प्रशिक्षण निरीक्षण

१९ औं एसियाली खेलकुदको चार खेलको तयारी प्रशिक्षण निरीक्षण : Icon Khabar

काठमाडौं, साउन ११ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न ४ खेलको निरीक्षण गर्नु भएको छ । एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गरेका हुन् ।

चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ । सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसंग सम्बन्धित विविध पक्ष बारे जानकारी लिएका थिए । असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने