नेपालद्वारा चालु आवको ११ महिनासम्म रु दुई अर्बभन्दा बढीको चाउचाउ र पास्ता निर्यात

नेपालद्वारा चालु आवको ११ महिनासम्म रु दुई अर्बभन्दा बढीको चाउचाउ र पास्ता निर्यात : Icon Khabar

काठमाडौं, असार २० । नेपालले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा रु दुई अर्बभन्दा बढीको चाउचाउ र पास्ता निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म नेपालबाट २ अर्ब ११ करोड रुपैयाँ बराबरको ७२३ हजार ४४५ केजी चाउचाउ र पास्ता निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालले १ अर्ब ६६ करोड रुपैयाँको चाउचाउ निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा पास्ता र चाउचाउको निर्यात २६ दशमलव ९ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

खासगरी नेपालको पास्ता र चाउचाउ भारतमा निर्यात हुने गरेको छ । नेपालले भारतमा मात्र रु ९६ करोड ५० लाखको ५ लाख २७ हजार किलो चाउचाउ र पास्ता निर्यात गरेको छ । भारतपछि नेपालले चीनमा ५० करोड ९० लाख रुपैयाँको ६९ हजार किलो चाउचाउ र पास्ता निर्यात गरेको थियो ।

त्यसबाहेक अस्ट्रेलिया, अमेरिकालगायत तेस्रो मुलुकमा नेपाली चाउचाउ र पास्ताको उच्च माग रहेको छ ।

समीक्षा अवधिमा अमेरिकामा रु १८ करोड ५९ लाख बराबरको ६ लाख २० हजार केजी चाउचाउ र पास्ता निर्यात भएको छ । त्यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा नेपालले भुटानमा ३९ लाख, क्यानडामा १४ करोड १० लाख, हङकङमा ३३ लाख, इटालीमा २९ करोड ६० लाख रुपैयाँको चाउचाउ र पास्ता निकासी गरेको छ ।

त्यसैगरी नेपालबाट जापानमा ८ करोड २५ लाख, दक्षिण कोरिया ४३ लाख, मलेसियाले २७ करोड ३० लाख, माल्टा एक करोड, कतार ९९ लाख, सिंगापुर ३३ लाख, युएई १३ करोड ५५ लाख रुपैयाँको चाउचाउ र पास्ता निकासी भएको छ । मिलियन, बेलायतले रु २९.८ करोड र यमनलाई रु ७१ लाखको पास्ता र चाउचाउ पठाएको छ ।

Published Date: 05 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक