नेपालद्वारा चालु आवको ११ महिनासम्म रु दुई अर्बभन्दा बढीको चाउचाउ र पास्ता निर्यात

नेपालद्वारा चालु आवको ११ महिनासम्म रु दुई अर्बभन्दा बढीको चाउचाउ र पास्ता निर्यात : Icon Khabar

काठमाडौं, असार २० । नेपालले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा रु दुई अर्बभन्दा बढीको चाउचाउ र पास्ता निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म नेपालबाट २ अर्ब ११ करोड रुपैयाँ बराबरको ७२३ हजार ४४५ केजी चाउचाउ र पास्ता निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालले १ अर्ब ६६ करोड रुपैयाँको चाउचाउ निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा पास्ता र चाउचाउको निर्यात २६ दशमलव ९ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

खासगरी नेपालको पास्ता र चाउचाउ भारतमा निर्यात हुने गरेको छ । नेपालले भारतमा मात्र रु ९६ करोड ५० लाखको ५ लाख २७ हजार किलो चाउचाउ र पास्ता निर्यात गरेको छ । भारतपछि नेपालले चीनमा ५० करोड ९० लाख रुपैयाँको ६९ हजार किलो चाउचाउ र पास्ता निर्यात गरेको थियो ।

त्यसबाहेक अस्ट्रेलिया, अमेरिकालगायत तेस्रो मुलुकमा नेपाली चाउचाउ र पास्ताको उच्च माग रहेको छ ।

समीक्षा अवधिमा अमेरिकामा रु १८ करोड ५९ लाख बराबरको ६ लाख २० हजार केजी चाउचाउ र पास्ता निर्यात भएको छ । त्यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा नेपालले भुटानमा ३९ लाख, क्यानडामा १४ करोड १० लाख, हङकङमा ३३ लाख, इटालीमा २९ करोड ६० लाख रुपैयाँको चाउचाउ र पास्ता निकासी गरेको छ ।

त्यसैगरी नेपालबाट जापानमा ८ करोड २५ लाख, दक्षिण कोरिया ४३ लाख, मलेसियाले २७ करोड ३० लाख, माल्टा एक करोड, कतार ९९ लाख, सिंगापुर ३३ लाख, युएई १३ करोड ५५ लाख रुपैयाँको चाउचाउ र पास्ता निकासी भएको छ । मिलियन, बेलायतले रु २९.८ करोड र यमनलाई रु ७१ लाखको पास्ता र चाउचाउ पठाएको छ ।

Published Date: 05 July 2023








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा