सन्दीप र करणको वरियता सुधार, पाँच नेपाली खेलाडीको घट्यो

सन्दीप र करणको वरियता सुधार, पाँच नेपाली खेलाडीको घट्यो : Icon Khabar

काठमाडौं, असार २० । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा सुधार गरेका छन् । कप्तान रोहित पौडेलसहित पाँच खेलाडीको भने वरियता खस्किएको छ ।

ओडिआई वरियताको ब्याटिङतर्फ नेपालका रोहित पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेखको वरियता चार स्थान घट्दै ७७ औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ शीर्ष १ सय वरियतामा नेपालका दुई खेलाडी मात्रै छन् ।

ओडिआईको बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै २४ औं स्थानमा छन् । सन्दीप भन्दापछि भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन् ।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता ५ स्थान खस्किदै ६२ औं मा पुगेका छन् । सोमपाल कामीको दुई स्थान घट्दा ७८ औं स्थानमा छन् । करण केसीले भने दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा छन् । ललित नारायण राजवंशीको पनि वरियता घट्दै ९९ औं स्थानमा पुगेका छन् ।

आइसिसीले जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडीको वरियता सार्वजनिक गरेको हो । टिमतर्फ वरियता भने आइसिसीले सार्वजनिक गरेको छैन । नेपाल ओडिआईमा १४ औं र टि२० आईमा १७ औं स्थानमा छ ।

Published Date: 05 July 2023








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा