सन्दीप र करणको वरियता सुधार, पाँच नेपाली खेलाडीको घट्यो

सन्दीप र करणको वरियता सुधार, पाँच नेपाली खेलाडीको घट्यो : Icon Khabar

काठमाडौं, असार २० । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा सुधार गरेका छन् । कप्तान रोहित पौडेलसहित पाँच खेलाडीको भने वरियता खस्किएको छ ।

ओडिआई वरियताको ब्याटिङतर्फ नेपालका रोहित पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेखको वरियता चार स्थान घट्दै ७७ औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ शीर्ष १ सय वरियतामा नेपालका दुई खेलाडी मात्रै छन् ।

ओडिआईको बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै २४ औं स्थानमा छन् । सन्दीप भन्दापछि भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन् ।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता ५ स्थान खस्किदै ६२ औं मा पुगेका छन् । सोमपाल कामीको दुई स्थान घट्दा ७८ औं स्थानमा छन् । करण केसीले भने दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा छन् । ललित नारायण राजवंशीको पनि वरियता घट्दै ९९ औं स्थानमा पुगेका छन् ।

आइसिसीले जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडीको वरियता सार्वजनिक गरेको हो । टिमतर्फ वरियता भने आइसिसीले सार्वजनिक गरेको छैन । नेपाल ओडिआईमा १४ औं र टि२० आईमा १७ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने